दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा सार्बजनिक सुनुवाई, प्रशासकिय भवन निर्माणमा जग्गा बिवाद बाधक ः अध्यक्ष शर्मा

शेखर थापा, २०८१ आषाढ २७ । बरेङ गाँउपालिकाको वडा नं. १ धुल्लुबाँस्कोट र वडा नं. २ हुग्दिशिरको आ.ब. २०८०÷०८१ को तेस्रो चौमासिक अवधिको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय तहको शुसासन सामाजिक उत्तर दायित्व, पारदर्शिता एब जवाफ देहिता नाराका साथ बिहिबार बरेङ बजारमा सयुक्त रुपमा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले बिभिन्न आफ्ना जिज्ञासा र प्रश्न राखेका थिए भने बिभिन्न बिषयगत प्रमुख कर्मचारि र जनप्रतिनिधिहरुले जवाफ दिएका थिए ।

सहभागिहरुको तर्फकबाट प्रश्न गर्दै सहभागि हिरा बहादुर पुनले स्वास्थ्य क्षेत्रको बिशेष गरि ल्याब सेवालाई सुधार गर्न सुझाउनु भयो भने योजना बाँडफडमा पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै सहभागी चिन्तामणि जैसीले बजेट बिनियोजनमा राजनैतिक दललाई नबोलाईएको गुनासो गर्नुभयो भने शिक्षा र स्वास्थ्यलाई राम्रो बनाउने कदम प्रति चासो व्यक्त गर्नुभयो ।

त्यस्तै सहभागिहरुको तर्फबाट फूलकुमारि शर्मा आचार्यले स्थानिय स्तरमै चल्ने सवारि साधन र यातायातको सहच पंहुच बनाउन के गर्न सकिएला भनि प्रश्न गर्नुभयो भने बरेङ बागलुङ पोखरा सम्मको भाडा दुरिको हिसाबले महंगो भएकाले समायोजन गर्न सकिने नसकिने जिज्ञासा व्यक्त गर्नुभयो । कार्यक्रममा अन्य सहभागिहरु ललित पाध्या, दुर्गा बहादुर थापा, तुलबहादुर थापा, दल बहादुर थापा, टिक बहादुर थापा, चित्र थापा लगायतले आफ्ना जिज्ञासा र प्रश्न व्यक्त गरेका थिए ।

सहभागिहरुको प्रश्न र जिज्ञासाको जवाफ दिदै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले कृषि तथा पशु सेवा बाट लाभ लिनका लागि किसान स्वयं आफु समेत सचेत रहन जरुरी रहेको बताउनु भयो । कानुनी प्रकृयामा जटिलता एबं बाधा आएकाले प्राप्त जग्गामा बिवाद सृजना भएकाले प्रशासकिय भवन निर्माणको प्रकृया अगाडी बढाउन नसकेको बताउदै अध्यक्ष शर्माले भाडा समायोजनको प्रश्नमा लिखित उजुरि नपरेका कारण कार्बाही गर्न समस्या परेको बताउनु भयो ।

त्यस्तै सहभागिहरुको प्रश्न र जिज्ञासाको जवाफ दिदै बरेङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले शिक्षामा बिधार्थीहरुको गुणस्तर मापन पास फेलका आधारमा मात्र नभई आचारण कति सुधार गर्न सकियो भनेर गरिनुपर्ने बताउनुभयो । वडा कार्यालयमा अंग्रेजि टाईप गर्ने कर्मचारि नभएको भन्ने प्रश्नको जवाफमा कर्मचारी भन्दा पनि दरबन्दीनै नभएकोमा आफुलाई समेत दुख लागेको प्रमुख प्रशासकिय अधिकृत रानाले बताउनुभयो ।

कार्यक्रममा वाडा नं. २ का अध्यक्ष हिरा बहादुर घर्ति, पूर्वाधार बिकासका बारे इञ्जिनियर कृष्ण बहादुर थापा, रोजगार शाखा तर्फ संयोजक केशव राज क्षेत्री, लघुउघम बिकास तर्फ सहजकर्ता सुरेन्द्र बहादुर राना, पशु सेवा तर्फ कार्यलय प्रमुख नारायण पौडेल, कृषि सेवा कार्यलयका तर्फबाट कार्यलय प्रमुख सोमराज राउत, स्वास्थ्य शाखा तर्फबाट जनस्वास्थ्य प्रमुख पदम बहादुर पुन र शिक्षा शाखाको तर्फबाट प्राविधिक सहायक विष्णु न्यौपानेले सहभागिको प्रश्न र जिज्ञासामा जवाफ दिएका थिए ।

बरेङ गाँउपालिकाको आयोजना तथा लेखन नेपाल मिडिया प्रा.लि. को सहजिकरणमा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश छन्त्यालले गरेका थिए ।

« कालीगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण अवरुद्ध,अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह, «

» चालु आर्थिक वर्षको प्रथम तथा ८५ औं बरेङ गाउँकार्यपालिका बैठक सम्पन्न,स्थानीय दररेट निर्धारण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal