दर्ता. न‌: २४५/०६५/०६६

चालु आर्थिक वर्षको प्रथम तथा ८५ औं बरेङ गाउँकार्यपालिका बैठक सम्पन्न,स्थानीय दररेट निर्धारण

भुमा मगर

साउन २१ २०८१ ।आर्थिक वर्ष २०८१÷०८२ को प्रथम तथा बरेङ गाउँपालिका ८५ औं गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।

 बैठक बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण शर्माको अध्यक्षतामा आइतबार सम्पन्न भएको हो।

बैठकले आर्थिक वर्ष २०८१।०८२ को स्थानीय दररेट निर्धारण, योजना तथा कार्यक्रम कार्यतालिका निर्माण चैत मसान्तसम्म सबै योजना सम्पन्न गरि सक्ने(ठेक्का प्रक्रियामा जाने आयोजना मंसिर पहिलो हप्तासम्म कार्यालय तहको काम सकि कार्यादेश दिने), मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमको प्रस्तावना आर्थिक विकास गर्न सहयोग पुग्ने योजना माग गर्ने निर्णय गरेको बरेङ गाउँपालिकाका प्रवक्ता तुफान पुनले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले बरेङ गाउँपालिका कर्मचारी कमल पुन को मातृ शोक तथा वडा नं ४ सल्यान पूर्व वडाअध्यक्ष लिल ब। खत्रीको पुत्र शोक मा दुख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ । साथै बरेङ गाँउपालिका वडा नं ५ सुखौराका वडाध्यक्ष अमर बहादुर शेरपुजा स्वास्थ्य लाभ पश्चात पुनः सामाजिक कार्यमा फर्कन सफल हुनुभएकोमा धन्यवाद ब्यक्त गर्दै सामाजिक कार्य सफलताको शुभकामना समेत ब्यक्त गरिएको थियो ।

यसैगरि सोहिदिन गाउँपालिका स्तरीय बार्षिक समिक्षा समेत सम्पन्न भएको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा लक्ष्य भन्दा समग्रमा ११ दशमलव ३९ प्रतिशतले वढि राजस्व सङ्कलन गरेको जानकारी गराईएको थियो ।  वडागत राजस्व संकलनमा वडा नं ५ सुखौराले २५ दशमलव ३१ प्रतिशतले राजस्व संकलनमा बृद्धि गरेको गाँउपालिकाले जनाएको छ ।

« बरेङमा सार्बजनिक सुनुवाई, प्रशासकिय भवन निर्माणमा जग्गा बिवाद बाधक ः अध्यक्ष शर्मा «

» पुरुषोदय माध्यमिक विद्यालय बराहकोटका कृषि प्रशिक्षक रेग्मीलाई विदाई तथा सम्मान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal