दर्ता. न‌: २४५/०६५/०६६

क्यान्सरबाट पीडित बागलुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रेकी सुकमाया परियारको उपचारका लागि सहयोगको याचना

दिपेन्द्र परियार १६ भदौ २०८१ । पाठेघर छाती र कलेजोको क्यान्सरबाट पीडित बागलुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रेकी ५७ वर्षीय सुकमाया परियारको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

बागलुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे निवासी सुकमायाको उपचारका लागि आर्थिक अभाव भएको भन्दै श्रीमान बिष्णु दर्जीले सहयोगको अपिल गरेका हुन ।

परियार लामो समयदेखी क्यान्सरबाट पिडित भएर भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत रहेकामा आर्थिक अभाव भएपछी घरमै आएकी छिन । पैशाको जोहो भएपछी अस्पताल जाने परियारले वताईन ।

उनका श्रीमान दर्जीले उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको बताएका छन् ।

“अहिले सम्म घरमा भएका वस्तुभाउ गरगहना सबै बेचेर उपचार गरियो, दर्जीले भन्नुभयो, करिव ८ लाख ऋण समेत लिईसकेको छु अव अरु कुनै बाटो नदेखेपछी श्रीमतीको जिवन वचाईदिन सम्पुर्ण नेपाली दाजुभाई दिदिवहिनी समक्ष हात फैलाएको छु ” परियारको उपचारका लागि कति रकम लाग्छ अनिश्चित छ ।

‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे परियारले पुर्नजीवन पाउथिन, त्यसैले सहयोगको अपिल गरेका हौं’, उनका श्रीमान बिष्णु दर्जीले भने । उनका लागि सहयोग आउने क्रम जारी छ । परिवारले सबैसँग सहयोगको आग्रह गरेको छ ।

हाल सम्म ६ वटा किमो चढाएको बताउदै , अव डाक्टरले अप्रेसन गर्न भनेको भन्दै परियारले उपचार रकमको अभावमा मृत्यु पर्खने वाहेक अरु उपाय नभएको बताउनु भयो ।

सहयोग गर्न चाहनेलाई आईएमई ग्लोवल वैंक लिमिटेडमा सुकुमाया परियार नाम रहेको खाता नं. ०४५०७०१०११९९२४ मा सहयोग रकम जम्मा गरिदिन दर्जीले आग्रह गरे । 

सहयोगका लागि उनका श्रीमान बिष्णु दर्जीको मोवाइल नम्बर ९८४७७६०२९५ मा सम्पर्क गर्न सकिने छ ।

सुकमायाका १ छोरा ,बुहारी र १ छोरी नाती र नातिनी रहेका छन छोरा बुहारी भारतमा सामान्य नोकरी गर्दै आएका छन । आर्थिक अभावका कारण आफुले आमाको मुख हेर्न घरमा आउन नसकेको छोराले बताएका छन ।

सुकमायाका श्रीमान ज्याला मजदुरी खेती किसानी गरेर परिवाल पाल्दै आईरहेका थिए । घरमा श्रीमती बिरामी भएपछि उनलाई लिएर अस्पताल धाउदा धाउदै छाक टार्न समेत समस्या परेको छ ।

« अखिल नेपाल शिक्षक संघ बडिगाडद्वारा शिक्षक स्वागत तथा सम्मान कार्यक्रम «

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal