सर्वोदय क्याम्पस बरेङद्वारा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम
२०८१ असोज १६ । सर्वोदय क्याम्पस बरेङद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चाडपर्व बिदा घटस्थापनाबाट हुने भएकाले क्याम्पस संचालक समिती, क्याम्पस शिक्षक र विद्यार्थीबिच बिदा अगावै विजयादशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
शुभकामना व्यक्त गर्दै क्याम्पस संचालन समितिका अध्यक्ष केहरसिङ पुनले बिदाको समय र चाडपर्वको खाली समय समाज सुधार गर्न तर्फ लाग्न अनुरोध गर्दै मेहनत, त्याग र समपर्णमा नै प्रगति उन्नति हुने भएकाले मनैदेखि सकारात्मक सोच राख्न समेत अनुरोध गर्नुभयो । त्यस्तै सोही अवसरमा क्याम्पस प्रमुख फूलकुमारी शर्माले क्याम्पसमा संचालन हुने गतिविधिसहित हरेक कुरामा सचेत भै सत्मार्गमा हिड्न र बिदाको समय सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीको तर्फबाट हेमराज ढकाल र सुमन थापाले शुभकामना मन्तव्य व्यक्त गरे भने क्याम्पस शिक्षकको तर्फबाट रुपनारायण शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम क्याम्पस शिक्षक लिलाधर पौडेलको स्वागत, क्याम्पस प्रमुख फूलकुमारी शर्माको अध्यक्षता शिक्षक केशवराज क्षेत्रीको संचालनमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।
साथै आजै क्याम्पसले विध्यार्थी र क्याम्पस शिक्षकको सहभागितामा क्याम्पस परिसर सरसफाइ समेत गरेको छ ।
« अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलनदाङको घोराहीमा सुरु «