दुईतिहाईको कम्युनिष्ट सरकार भएपनि देशको परनिर्भरता कायमै ः राजमो अध्यक्ष केसि ।
२१ मार्ग २०७५, हटिया । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष एबं पुर्व उप प्रधानमन्त्री चित्र बहादुर केसिले देशमा २ तिहाईको कम्युनिष्ट सरकार भएपनि देशको परनिर्भरता कायमै रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चा बागलुङको छैठौं जिल्ला सम्मेललाई गलकोट नगर पालिकाको हटियामा संबोधन गर्दै केसिले यस्तो बताएका हुन् ।
अध्यक्ष केसिले राजमो बागलङ जिल्ला समितिले गर्ने क्रियाकलापले देश तथा बिदेशका बिभिन्न ठाँउमा प्रभाव पार्ने बताए । केसिले देशमा कम्युनिष्टको सरकार भएपनि बेरोजगार, भ्रष्टचार तथा बलत्कार जस्ता घटनामा कमी नआएको बताएका छन् ।
उटघाटन समारोहलाई मसाल बालेर उट्घाटन गरेपछि बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा पूर्बउपप्रधानमन्त्री केसीले चेलु र भेडामा समेत कर लाग्ने संघियाता नेपालको हितमा कुनै पनि हालतमा ठिक नभएकाले आफु र आफ्नो पार्टिले सधै संघियाताको खारेजिको माग गर्दै आएको बताएका छन् । केसिले मुलुक अहिले अप्ठ्यारोमा रहेकाले यसको निराकरणका लागि सरकार लागि नपरेको बताए ।
केसिले बिभिन्न प्रदेशहरुमा घटेका दलित तथा महिलाहरु माथिको अन्याय तथा बलत्कार जस्ता घटनाहरुमा कुनै पनि प्रदेश सरकारहरुले न्याय दिन नसकेको बताउनुभयो । पुरानो संरचनालाई नभत्काएसम्म नयाँ संरचना भनिए पनि त्यसको अनुभुति नहुने भएकाले पुराना संरचनालाई भत्काएर नयाँ संरचना निर्माणका लागि नयाँ जनबादि क्रान्ती आबश्यक रहेको केसिको भनाई छ तर त्यसको लागि भर्खरै संभावना नभएको केसिले बताए ।
संघीयता र प्रदेश सरकारको खारेजिनै देश बिकासको लागि उपयुक्त हुने केसिको ठम्याई छ ।
सम्मेलन उद्घाटन सत्रमा नेत्र बुढाथोकी, मित्र दत्त ढकाल, गण्डकी प्रदेश सांसद पियारी थापा, नेकपाको तर्फबाट बम बहादुर गुरुङ,नेपाली कांगे्रसको तर्फ देखी फम बहादुर खत्री, नेकपा विप्लपको तर्फ देखी छम सेन, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य घन श्याम न्यौपाने, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, गण्डकी प्रदेश सांसद कृष्ण थापा लगायतले शुभकमना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
जिल्लाभर बाट सम्मेलन सफल पार्न उपस्थित हजारौ जन मानस सहितको जुलुुसले हटिया बजार परिक्रमा गरिसके पछि शुरु भएको उद्घाटन कार्यक्रम राजमो बागलुङ जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष बेदिलाल सापकोटाको स्वागत मन्तव्य र भिमसेन बनको सञ्चालनमा सम्पन्न भएको थियो ।