दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएकी एक जना बृद्धको निधन

दिपेन्द्र परियार २२ असोज २०८१ । सामाजिक सुरक्षा भत्ता बुझ्न बरेङ बजारआएकी एक जना बृद्धको  निधन भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन आएकी बरेङ गाँउपालिका २ हुग्दिसिर खट्टीटोलाकी ६५ वर्षिय पवित्रा नेपालीको भत्ता बुझ्नका लागी पालो पर्खिरहेका समयमा एक्कासी बेहोस भएर स्वास्थ्य सस्थातर्फ लैजादै गर्दा निधन भएको छोरा मिमलाल नेपालीले जानकारी दिनुभयो ।

बरेङ गाँउपालिकामा कोभिडको समयमा टोलटोलमा पुगेरै भत्ता बितरण गर्दै आईरहेको भएपनी प्राबिधिक समस्या र केहि त्रुटीले अहिले बैंक बाटै सामाजिक सुरक्षा भत्ता बुझ्नुपर्ने बाध्यता आईपरेको बरेङ गाँउपालिकाका एम आई एस अपरेटर तथा योजना साखा प्रमुख राजन चालिसेले बताउनुभयो । बृद्ध बृद्धाहरुलाई लाईन लगाएरै वा पालो पर्खेरै भत्ता बितरण गर्ने प्रणालीको बिकास नगरेको बताउदै बृद्ध जेष्ट नागरिकले संरक्षक द्धारा समेत सामाजिक सुरक्षा भत्ता बुझ्न सक्ने उहाँको भनाई छ । सामाजिक सुरक्षा भत्ताप्राप्त गर्ने जुनसुकै लाभ ग्राहीको रकम उनिहरुकै खातामा रहने भएकाले तुरुन्तै बैंकमा पुगेर रकम झिकिहाल्नु नपर्ने समेत उहाँले जानकारी गराउनु भयो ।

प्रभु बैंक बरेङ साखाका प्रमुख प्रसान्त शर्माले बैंकमा आएको ५ मिनेटमै सेवाग्राहिले रकम पाउने गरि वैंकले ब्यवस्था गरेको बताउनु भयो ।

« बरेङ गापाद्वारा बजार अनुगमन, उपभोक्ता नठग्न व्यवसायीलाई अनुरोध «

» वुटवल वाट गुल्मीको शान्तिपुर आउदै गरेको जिप दुर्घटना १५ जना घाईते »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal