दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ सम्वन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न

दिपेन्द्र परियार ६ मंसिर २०८१ । बरेङ गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ सम्वन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा अन्तक्रिया कार्यक्रम आज बिहिबार सम्पन्न भएको हो।

पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै बरेङ गाँउपालिका उपाध्यक्ष दिलिपकुमार पुनले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको बताउनु भयो । 

उपाध्यक्ष पुनले नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा नियम विपरीतका काम गर्नेलाई कारवाही गर्न जरुरी रहेको बताउदै, पालिकाबाट आफूहरुले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रमको सहजिकरण गर्दै अख्तियार दुरुपयोग आयोगको कार्यालय पोखराका प्रमुख अस्मान तामाङले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भएको थियो । अख्तियारमा उजुरी पर्दैमा डराई हाल्नु पर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गर्न जनप्रतिनिधी तथा कर्मचारीलाई सुझाव दिनु भएको थियो ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा सहभागी धुल्लुलिउवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक फटिक बहादुर थापा,सर्बोदयमा माध्यमिक बिद्यालयका प्रधानाध्यापक चित्र थापा, तथा स्थानिय चुडामणी जैसिले  आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए।

कार्यक्रममा अख्तीयारका प्रमुख अस्मान तामाङ, बरेङ गाँउपालिकाका उपाध्यक्ष दिलिप कुमार पुन , प्रमुख प्रशासकिय अधिकृत खडक बहादुर बि.क, जनप्रतिनिधिहरु इलाका प्रहरी कार्यालय बरेङका प्रतिनिधि बरेङका सबै बिद्यालयका प्रधानाध्यापकहरु समाजसेवी राजनितिक दलका प्रतिनिधि गाँउपालिका अन्तरगत विभिन्न शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,बरेङ स्थित बिभिन्न सस्थाका प्रमुखहरु लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

« जैमिनीको छिस्ती बाट बागलुङ जादै गरेको जिप बिहारथला नजिकै दुर्घटना हुदा ५ जनाको निधन «

» पुरुषोद्धय माध्यमिक विद्यालय, बरेङ २ बराहकोटमा श्रीस परिवार द्धारा अक्षयकोष स्थापना तथा छात्रवृत्ती वितरण कार्यक्रम सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal