दर्ता. न‌: २४५/०६५/०६६

पुरुषोद्धय माध्यमिक विद्यालय, बरेङ २ बराहकोटमा श्रीस परिवार द्धारा अक्षयकोष स्थापना तथा छात्रवृत्ती वितरण कार्यक्रम सम्पन्न ।

रेडियो बिहानी।

१३ मङ्सिर २०८१ ।पुरुषोद्धय माध्यमिक बिद्यालय बरेङ २ बराहकोटमा स्वर्गिय टिकाराम श्रीसको स्मृतिमा बराहकोट निवासी श्रीमती अम्वाकला श्रीस र छोरा पदम श्रीसद्धारा १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

साथै विद्यालयको भौतिक व्यवस्थापन गर्नका लागी विद्यालयलाई थप ५० हजार नगद उपलब्ध गराउनु भएको छ ।

अक्षयकोषको रकम बिहिवार एक कार्यक्रमका बिच संरक्षक अम्वाकला श्रीसले विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसलाई हस्तान्तरण गर्नु भएको शिक्षक नाम बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अक्षयकोष संरक्षक सदस्य शिक्षक तमबहादुर श्रीसले गरिव,विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक प्रगतिका लागी सहयोग पु¥याउने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको बताउनु भयो ।

यस्तै सोहि कार्यक्रममा बराहकोट मगरसंघ नौमती बाजा समुहले देउसी भैलो बाट संङ्कलित रकम मध्ये १५ हजार बराबरको छात्रवृत्ती रकम विद्यालयलाई उपलब्ध गराएको छ  । सो रकम नौमती वाजा समुहका अध्यक्ष पदम बहादुर श्रीसले विद्यालयका प्रधानाध्यापक श्रीसलाई हस्तान्तरण गर्नुभएको थियो ।

समुहले उपलब्ध गराएको रकम विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई प्रति विद्यार्थी रु ५ सयका दरले छात्रवृत्ती प्रदान गरिएको छ । 

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक श्रीसले अक्षयकोष संस्थापक र नौमती बाजा समुहलाई विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग पु¥याएको भन्दै धन्यवाद दिनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमजंग श्रीसको अध्यक्षता, शिक्षक ढाचानन्द वर्माको स्वागत र शिक्षक नाम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।null

« बरेङमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ सम्वन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न «

» बरेङ गापाद्वारा प्रथम चौमासिक समीक्षा सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal