बरेङ गापाद्वारा प्रथम चौमासिक समीक्षा सम्पन्न
रेडियाे बिहानी १३ मंसिर २०८१ । बागलुङको बरेङ गाउँपालिकाले प्रथम आन्तरिक चौमासिक समीक्षा सम्पन्न गरेको छ ।
जनप्रतिनिधि र कर्मचारीबीच बिहीबार गाउँपालिकाले पालिकाकै सभाहलमा समीक्षा कार्यक्रम गरेको हो ।
कार्यक्रममा पालिकाका आर्थिक प्रशासन,राजस्व, कृषि, पशु, स्वास्थ्य, शिक्षा, पुर्वाधार, रोजगार, महिलाबालबालिका, लघुउद्दम, न्यायिक तथा सहकारी शाखा र ५ वटा वडाका वडा सचिवले वडाको,आर्थिक वर्ष २०८१(०८२ को पहिलो चौमासिकमा भएका प्रगतिको प्रस्तुतीकरण गरेका थिए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग विश्वकर्माले समग्रमा समीक्षा कार्यक्रममा उठेका कार्यालय सम्बन्धी सुझाव ग्रहण गर्दै गुनासो र जिज्ञासा मेटाउनुभएको थियो ।
त्यस्तै पालिकाका प्रवक्ता तुफान पुनले सूचना प्रवाहलाई प्रभावकारी बनाउदै सुशासन कायम गर्न र कामको रफ्तार बढाएर समयमै काम सक्न कर्मचारीलाई सुझाव दिनुभयो ।
कार्यक्रम पालिकाका प्रवक्ता तुफान पुनको अध्यक्षता र सूचना अधिकारी केशवराज क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।