बरेङमा राष्टपती रनिङ शिल्ड प्रतियोगिता यहि पौस १२ र १३ गते हुदै
दिपेन्द्र परियार १९ मंसिर २०८१ । बरेङगाँउपालिकाले राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता यहि पौस १२ र १३ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
बरेङ गाँउपालिका स्थानिय खेलकुद बिकास समितीको बुधवार सम्पन्न बैठकले राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता यहि पौस १२ र १३ गते गर्ने निर्णय गरेको हो ।
राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितालाई ब्यवस्थीत रुपमा सञ्चालन गर्नका लागी जिम्मेवारी बाँडफाड समेत गरिएको बरेङ गाँउपालिकाका सामाजिक बिकास समितिका संयोजक तुफान पुन ले जानकारी दिनुभयो ।
बिशेष गरि नेपालको राष्ट्रिय खेल भलिवललाई ब्यवस्थित गर्न गण्डकी प्रदेशका भलिवल खेलाडी जिवन सुनारको संयोजकत्वमा ४ सदस्यिय टोली पौस ३ गते देखि ७ गते सम्म पालिकाका सबै आधारभुत तथा माध्यमिक बिद्यालयमा खेलाडी बिद्यार्थिहरु सँग अन्तरक्रिया र अनुभव आदान प्रदान गर्न पुग्ने निर्णय गरिएको छ ।
त्यस्तै बरेङबाट राष्ट्रिय तथा प्रदेश स्तरमा खेलकुद क्षेत्रवाट प्रतिनिधित्व गर्ने खेलाडी ,अफिसियल तथा प्रशिक्षकहरुलाई सम्मानकालागी सिफारिस गर्ने निर्णय समेत बैठकमार्फत गरिएको पुनको भनाई छ ।
त्यस्तै बैठक बाट शिक्षा युवा तथा खेलकुद साखा प्रमुख सुर्य प्रसाद शर्मा सदस्य सचिव रहने गरि ९ सदस्यीय पालिका स्तरिय खेलकुद समिति निर्माण गरिएको छ ।
बैठक बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता सामाजिक बिकास समितिका संयोजक तुफान पुनको संयोजकत्वमा सम्पन्न भएको थियो ।बैठकमा पालिकाका सबै वडाबाट खेल प्रेमी खेलाडी,प्रशिक्षक तथा अफिसियलहरुको सहभागिता रहेको थियो ।
» रोजगार सेवा केन्द्रको कार्य सम्पादनमा गण्डकी प्रदेशमा बागलुङको बरेङ गाउँपालिका प्रथम »