रोजगार सेवा केन्द्रको कार्य सम्पादनमा गण्डकी प्रदेशमा बागलुङको बरेङ गाउँपालिका प्रथम
रेडियो बिहानी ।
२२ मङ्सिर २०८१ ।रोजगार सेवा केन्द्रको कार्य सम्पादनमा गण्डकी प्रदेशमा बागलुङको बरेङ गाउँपालिका प्रथम भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा विगत ३ वर्षदेखिको लागत साझेदारी, कार्य सम्पादन र रोजगार सेवा केन्द्रबाट प्रवाह हुने सेवाहरुको प्रभावकारी रुपमा कार्य सम्पन्नको आधारमा मुल्यांकन गर्दा गण्डकी प्रदेशमा बागलुङको बरेङ गाउँपालिका प्रथम भएको हो। त्यस्तै बागलुङकै ढोरपाटन नगरपालिका दोश्रो भएको छ भने नवलपरासी पुर्वको विनयत्रीवेणी गाउँपालिका तेस्रो भएको छ । गण्डकी प्रदेशमा ८५ स्थानीय तह छन् ।
शनिबार पोखरामा सम्पन्न भएको वार्षिक समीक्षा कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री बिन्दु कुमार थापा, मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र प्रधानमन्त्री रोजगार कार्यक्रम राष्ट्रिय कार्यक्रम निर्देशकको टिमले स्थानीय तहको श्रम तथा रोजगारीका क्षेत्रमा कृयाशील रही त्यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै बरेङ गाउँपालिकालाई सम्मानपत्र र बरेङ गाउँ कार्यपालिकाको कार्यालयमा रही रोजगार सेवा केन्द्रले प्रवाह गर्नुपर्ने सेवा प्रभावकारी रुपमा सम्पन्न गरी उत्कृष्ट कामरकर्तव्य गरेको, रोजगारीको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै उल्लेखनीय योगदान पुर्याउने अपेक्षासहित बरेङ गाउँपालिकाका रोजगार संयोजक केशवराज क्षेत्रीलाई कदर पत्रले सम्मान गरेको गाउँपालिकाले जनाएको छ।
« बरेङमा राष्टपती रनिङ शिल्ड प्रतियोगिता यहि पौस १२ र १३ गते हुदै «