महेन्द्र माध्यमिक बिद्यालय सुखौराका पुर्व बिद्यार्थी र शिक्षकहरुद्धारा राष्ट्रपती रनिङ शिल्डमा सहभागिता जनाउने बिद्यार्थिका लागी पोसाक उपलब्ध
दिपेन्द्र परियार ।
०७ पुस २०८१ ।बागलुङको बरेङ गाउँपालिकामा वडा नं। ५ सुखौरा स्थित महेन्द्र माध्यामिक विद्यालयमा यहि पुस १२ र १३ गते हुन गैरहेको पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समावेश हुने महेन्द्र माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई खेलकूद पोशाक सौजन्य भएको छ ।
प्रतियोगितामा समावेश हुने विद्यार्थीहरुको मनोबल बढाउने उद्धेश्यले सुखौरा देखि हाल दक्षिण कोरियामा वैदेशिक रोजगारमा रहेका पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरु १५ जनाले १ लाख ५० हजार बराबरको खेलकूद पोशाक सौजन्य गरेको विद्यालयका सूचना अधिकारी शिक्षक नारायण शर्माले जानकारी दिएका छन् ।
सौजन्य पोशाक आईतबार विद्यालयका प्रधानध्यापक रेशम पुन, सहायक प्रधानध्यापक सुमन आचार्य र शिक्षक जयन्द्र पुनले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समावेश हुने विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन् । उक्त सौजन्यको लागी विद्यालयका सूचना अधिकारी शिक्षक नारायण शर्माको सहजिकरण रहेको थियो भने बरेङ गाउँपालिका वडा न।। ५ सुखौरामा यहि पुस १२ गते विहान ठिक ८ बजेबाट बरेङ गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
« रोजगार सेवा केन्द्रको कार्य सम्पादनमा गण्डकी प्रदेशमा बागलुङको बरेङ गाउँपालिका प्रथम «
» धुवाखोलामा तमु युवाकलवको १७ औ वार्षिकोत्सव तथा तमु ल्होसार मेला सुरु »