धुवाखोलामा तमु युवाकलवको १७ औ वार्षिकोत्सव तथा तमु ल्होसार मेला सुरु
दिपेन्द्र परियार ११ पौस २०८१ गुल्मीको कालिगण्डकी गाँउपालिका ७ धुवाखोलामा तमु युवाकलवको १७ औ वार्षिकोत्सव तथा तमु ल्होसार मेला सुरु भएको छ ।
गुरुङ समुदायको बाक्लो वस्ती रहेको धुवाखोलामा आज बिहिवार देखी सप्री ल्हो ल्होसार मेला २०८१ को गाँउलेहरुले दिप प्रज्वलन गरेर मेलाको सुरुवात गरेका हुन ।
धुवाखोला स्थित तमु युवाकलवको १७ औ बार्षिकोत्सव तथा सप्री ल्हो ल्होसारको अवसर पारेर यसपाली साविक अन्तरवाड स्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता ,भुपु भलिवल प्रतियोगिता ,बक्तित्वकला प्रतियोगिता,खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै पुस १५ गते ल्होसारको दिन चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रश्तुति रहने कार्यक्रम संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो । भोली देखी पुरुष भलिवल प्रतियोगिता सुरु हुने खेल संयोजक प्रविन गुरुङले बताउनुभयो ।
अन्तरवाड स्तरिय पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेले ४० हजार ट्रफी मेडल र प्रमाण पत्र,दोस्रो हुनेले २५ हजारट्रफी मेडल र प्रमाण पत्र,तेस्रो हुनेले १५ हजार ट्रफी मेडल र प्रमाण पत्र,र सान्त्वना हुनेले ८ हजार प्राप्त गर्ने छन ।