सुखौराको महेन्द्र मा.बिले पालिका स्तरिय शिल्ड पचायो
दिपेन्द्र परियार १४ पुस २०८१ । बरेङ गाँउपालिकामा सम्पन्न छैटौ राष्ट्र«पति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा धेरै स्वर्ण पदक जित्दै महेन्द्र माध्यमिक बिद्यालय सुखौरा प्रथम बन्न सफल भएको छ । यो सँगै लगातार ३ वर्ष सम्म प्रथम स्थान हासिल गर्दै पालिका स्तरिय राष्ट्र«पति रनिङ शिल्ड आफ्नो वनाएको हो ।
शुक्रबार र शनिवार सम्पन्न प्रतियोगितामा बिद्यालयले २० स्वर्ण ९ रजत ६ कास्य गरि कुल ३५ पदक जित्दै यस वर्ष पनी प्रथम बन्न सफल भएको हो ।
त्यस्तै सर्वोदय माध्यमिक बिद्यालय बरेङले १५ स्वर्ण ३ रजत तथा ९ कास्य गरी कुल २७ पदक जित्दै दोस्रो भएको छ ।त्यस्तै भृकुटी माध्यमिक बिद्यालय काफवोटले ४ स्वर्ण १४ रजत १४ कास्य पदक सहित कुल ३२ पदक जितेको छ भने सारदा माध्यमिक बिद्यालयबाटाकाचौरले १ स्वर्ण ५ रजत ५ कास्य पदक जितेको छ ।पुरुषोद्धय माध्यमिक बिद्यालयबाराकोटले ७ रजत तथा २ कास्य पदक हात पारेको छ ।बालज्योती बोर्डिङ स्कुल बरेङले १ स्वर्ण १ रजत १ कास्य पदक हात पारेको छ ।सल्यान सुखौरा माध्यमिक बिद्यालयसल्यानले १ स्वर्ण १ कास्य पदक हात पारेको छ ।बाल बिकास आधारभुत बिद्यालयबाटाकाचौरले १ कास्य पदक हात पारेको छ ।
« धुवाखोलामा तमु युवाकलवको १७ औ वार्षिकोत्सव तथा तमु ल्होसार मेला सुरु «