सर्वोदय मावि बरेङमा पालिकास्तरिय छैँठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका विजेता विद्यार्थीहरु सम्मानित
भुमा मगर
१६ पुस २०८१ ।बागलुङको बरेङ गाउँपालिका–२ बरेङबजारस्थित सर्वोदय माध्यमिक विद्यालयमा बरेङ गाउँ पालिका स्तरिय छैँठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका विजेता विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बरेङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष हिरा बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अवसरमा विद्यालयका विजेता विद्यार्थी,शिक्षक, तथा प्रशिक्षकहरुलाई समेत सम्मान गरिएको हो ।





गत पुस १२ र १३ गते बरेङ गाउँपालिका वडा ५ सुखौराको महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन भएको गाउँपालिका स्तरिय छैँठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विद्यालयले द्धितिय स्थान प्राप्त गरेको थियो ।
विद्यालयले १५ स्वर्ण ३ रजत तथा ९ कास्य पदक हात पार्दै द्धितिय बन्न सफल भएको थियो ।
कार्यक्रमका अवसरमा विद्यालयकि शिक्षिका पार्वता भुसाल,प्रशिक्षक हिरा पुन,विद्यालयका छात्रा तारा गुरुङ र छात्र रिसिराम गिरीले स्वागत तथा बधाई मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक चित्र थापाले विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै विद्यार्थीहरुले खेलकुद संगै अनुशासनलाई पनि ख्याल गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर पुनको अध्यक्षता, विद्यालयका सहायक प्रधानाध्यापक अोम बहादुर पुनको स्वागत र शिक्षिक खिमा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

« सुखौराको महेन्द्र मा.बिले पालिका स्तरिय शिल्ड पचायो «
» कार्यस्थलमा आधारित सिप तथा क्षमता विकास तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम »







