दर्ता. न‌: २४५/०६५/०६६

कार्यस्थलमा आधारित सिप तथा क्षमता विकास तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम

२०८१ पुस २२ । भुमा मगर, बरेङ ।बरेङ गाउँपालिका बागलुङले एक कार्यक्रमका बिच सोमबार कार्यस्थलमा आधारित सिप तथा क्षमता विकास तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम बरेङ बजारमा सम्पन्न गरेको छ ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, पाथवे नेपाल प्रा.लि इटहरी सुनसरीको प्राविधिक सहयोग र बरेङ गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम  युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित सिप तथा क्षमता विकास तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अध्यक्ष शर्माले उपस्थित श्रमिकहरूलाई सिप सिकेर अब १०० दिने रोजगारको आसमा नबसी ३ सय ६५ दिन नै रोजगार गर्न सक्षम हुने गरी कार्यक्रममा सहभागी भै दक्ष बन्न सुझाव दिनुभयो ।

कार्यक्रममा वडा नम्बर १ धुल्लुबास्कोट र वडा नम्बर २ हुग्दिशिरका गरी ४० जना श्रमिकको उपस्थिति रहेको थियो । मङ्गलबारबाट तालिम कार्यक्रम सुरु हुने छ ।

पाथवे नेपाल प्रालि का प्रशिक्षक द्वय प्रकाश रायमाझी र जितेन्द्र प्रसाद गामीले श्रमिकहरूलाई कार्यस्थलमा मेशन सम्बन्धी ४० दिन सीप विकास र १० दिन जीवनपयोगी सीप सम्बन्धी तालिम दिने छन् ।

कार्यक्रममा  वडा नम्बर १ का वडा अध्यक्ष नरसिङ पुन, वडा नम्बर दुईका वडाध्यक्ष हिराबहादुर घर्ती,पाथवे नेपाल प्रालिका सुवास बस्नेत र सेवक बजागाइले कानुनी कुरा, नियम, अनुशासन लगायतका विषयमा जानकारी गराएका थिए ।

पालिका अध्यक्ष शर्माको अध्यक्षता, रोजगार संयोजक केशबराज क्षेत्रीको स्वागत मन्तव्य र सबइन्जिनियर कमल आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न  भएको थियो ।nullnull

« सर्वोदय मावि बरेङमा पालिकास्तरिय छैँठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका विजेता विद्यार्थीहरु सम्मानित «

» बरेङ बजारमा माघि मेला आजदेखी सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal