बेरोजगार व्यक्तिको सूचीमा सूचिकृत हुनका लागि फारमा भर्ने सूचना
आ.व. २०८१।१०।२८। बेरोजगार व्यक्तिको सूचीमा सूचिकृत हुनका लागि फाराम भर्ने सम्बन्धी सूचना
फाराम फागुन १ देखि फागुन मसान्तसम्म भर्न पाइने छ ।
थप विवरण सूचनामा रहेको छ ।
बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुनका लागि आवेदन दर्ता गर्ने सम्बन्धी सूचना
प्रस्तुत विषयमा रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका,२०७५ को दफा १८ बमोजिम आगामी आ.व. २०८२।०८३ मा न्यूनतम रोजगारीमा संलग्न हुन इच्छुक १८ वर्ष उमेर पूरा भै ५९ वर्ष ननाघेका बेरोजगार व्यक्तिहरूले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आफू स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा आवश्यक काजगातसहित मिति २०८१ फागुन १ गतेदेखि २९ गतेभित्र तोकिएको ढाँचामा फाराम भरि पेस गर्नहुन सम्बन्धित सबैलाई जानकारीका यो सूचना प्रकाशन गरिएको छ ।
आवश्यक कागजातः
ü नेपाली नागरिकताको प्रतिलिपि
ü पासपोर्ट साइजको फोटो १ प्रति
ü अन्य जिल्लाबाट नागरिकता भएको हकमा बसाइँसराइको प्रतिलिपि
ü परिवारका सम्पूर्ण सदस्यको विवरण खुल्ने कागजात
ü फाराम सम्बन्धित वडा कार्यालयमा निःशुल्क पाइने छ ।
ननोटः अपूर्ण फाराम सूचीकृत हुने छैन । थप जानकारीका लागिः वडा कार्यालय वा गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने छ ।
खड्ग वि.क प्रमुख प्रशासकीय अधिकृत
|
बोधार्थः
श्री वडा कार्यालय,सबैः निवेदन सङ्कलन गर्नुहुन ।
« कार्यस्थलमा आधारित सिप तथा क्षमता विकास तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम «
» बरेङमा पाठेघरको क्यान्सर बिरुद्धको खोप माघ २२ देखी २५ गते सम्म लगाइदै । »