दर्ता. न‌: २४५/०६५/०६६

मनकामना सिग्दीको माघी मेला–२०७५ को तैयारी अन्तिम चरणमा ।

२२ पौष २०७५, सिग्दी । मनकामना युवा क्लब सिग्दीको माघी मेल– २०७५ को तैयारी अन्तिम चरणमा पुगेको छ । बरेङ गाँउपालिकाको वडा नं. २ सिग्दीमा रहेको उक्त क्लबले माघे संक्रान्ती पर्वको अबसरमा आयोजना गरेको २७ औं बार्षिकोत्सब तथा माघि मेला– २०७५ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।

“परम्परागत स्थानिय संस्कृतिको संरक्षण गरौं, शिक्षा तथा खेलकुद बिकास संगै कृषि प्रबद्र्धन गरौं” भन्ने मुल नाराका साथ यहि पौष २८ गते देखि माघ २ गतेसम्म आयोजना गरिएको कार्यक्रममा बिबिध खेलकुद एवं शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

मेलाको आर्कषणका रुपमा माघ १ र २ गते हुने बिषेश साँस्कृतिक कार्यक्रममा बिभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक गायिकाहरु खुमन अधिकारी, प्रिति आले, बसन्त थापा, सम्झना भण्डारी, सन्तु थापा, पुर्ण परियार र उदय पुन लगायतका दर्जनौ स्थानिय कलाकारहरुको समेत प्रहसन रहने छ ।

क्लबले अन्य प्रतियोगितात्मक खेलकुद, साँस्कृतिक तथा शैक्षिक कार्यक्रमहरुमा नयाँ संरचना अनुसारको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, सालैजो नृत्य प्रतियोगिता, खुल्ला ब्याडमिन्टन प्रतियोगिता, माबि स्तरिया हाजिरी जवाफ प्रतियोगिता लगायत आयोजना गरेको छ ।

त्यस्तै मेलाको अन्य बिषेश आर्कषणका रुपमा स्थानिय सालैजो, सोरठी तथा लोक साँस्कृतिक झाँकीहरुको प्रर्दशनी, कृषि तथा हस्तकला प्रर्दशनी, स्थानिय ऐािहाँसिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको फोटो प्रर्दशनी लगायतको आयोजना गरिएको आयोजकले बताएको छ ।

बरेङ बजार स्थित मनकामना खेलकुद मैदान ग्यालथुम्कामा आयोजना गर्न थालिएको कार्यक्रममा मनकामना युवा क्लब आयोजक र मनकामना आमा समुह सह आयोजकका रुपमा रहेका छन् ।

« राजमाे बागलुङकाे छैठाैं जिल्ला सम्मेलन सम्पन्न,थापाकाे नेतृत्व कायमै ३५ सदस्यिय जिल्ला समिति गठन । «

» माईकाथान सकनेरी बरेङ सडक खण्डको निर्माण सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal