बरेङमा पाठेघरको क्यान्सर बिरुद्धको खोप माघ २२ देखी २५ गते सम्म लगाइदै ।
दिपेन्द्र परियार ७ माघ २०८१।। बरेङमा माघ २२ देखी २५ गते सम्म पाठेघरको क्यान्सर बिरुद्धको ( एचपिभि) खोप लगाईदै छ ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागी १० देखी १४ वर्षका किसोरीलाई खोप दिएर सुरक्षित गराउन लागिएको बरेङ गाँउपालिका खोप समन्वय समितिका पदाधिकारीहरुको लागी अभिमुखी करण तथा पत्रकार एवं सञ्चारकर्मिहरुबिच अन्तरक्रियमा गोष्ठि कार्यक्रममा जानकारी गराईएको हो ।
पाठेघरको मुखको क्यान्सर रोग एच पि भी भाईरसका कारण लाग्ने जानकारी गराउदै ( एचपिभि) खोप लगाएपछी यो रोगवाट बच्न सकिने स्वास्थ्यकर्मीको भनाई छ । बरेङका बिद्यालयमा कक्षा ६ देखी १० सम्म अध्यन गर्ने सवै छात्राहरु तथा बिद्यालय नजाने १० देखी १४ बर्ष सम्मका अन्य किशोरीहरुलाई खोप प्रदान गरिने बरेङ गाँउपालिकाका स्वास्थ्य साखा प्रमुख तथा जनस्वास्य निरिक्षक पदम बहादुर पुनले बताउनुभयो।
बिभिन्न कारणले खोप लगाउन छुटेकाहरुलाई अभियानको अन्तिम दिन माघ २५ गते बाटाकाचौर स्वास्थ्य चौकी तथा हुग्दिसिर स्वास्थ्य चौकीवाट यो खोप लगाउन सक्नेछन ।
नेपालका अधिकांस महिलाहरुले लाज शरममान्ने कारण पाठेघरको मुखको क्यान्सर परिक्षण नगराउने गरेको बताउदै ३० देखी ४९ वर्ष सम्मका महिलाहरुले अनिवार्य पाठेघरको मुखको क्यान्सर परिक्षण गराउनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
नेपालमा हरेक वर्ष २ हजार १सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको कार्यक्रममा बताईको छ ।
यो खोप एक पटक लगाएपछी यसको मात्रा पुर्ण हुने भएकाले बिगतमा यो खोप लगाएका किसोरी हरुले पुन लगाउनु नपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।
महिनावारी भएको समयमा पनि यो खोप लगाउन हुन्छ, यो खोपले कुनै पनि किसिमको असर नगर्ने कार्यक्रममा बताईएको छ ।
लक्षित उमेर समुह बाहेक अन्यले ,गर्भवती किशोरीक र महिलाले,पहिले कुनै खोप लगाउदा गम्भिर एलर्जी भएका ब्यक्ति तथा पहिले कुनै खोप लगाउदा गम्भिर खालको घटना भएका ब्यक्तिले यो खोप लगाउनु हुदैन ।
यो खोप लगाएपछि सुई लगाएको ठाँउमा दुख्ने ,सुन्निने रातो हुने । खोप पुर्ण रुपमा सुरक्षित र विश्वसनिय रहेकोले ढुक्क भएर खोप लगाउन, र खोप लगाउने कार्यमा सबैले सहयोग गर्न बरेङ गाँउपालिकाका स्वास्थ्य साखा प्रमुख तथा जनस्वास्य निरिक्षक पदम बहादुर पुनले अनुरोध गर्नुभयो ।
कार्यक्रममा बरेङ गाँउपालिकाका ५ वटै वडा का अध्यक्षहरु,माध्यमिक तथा आधारभुत बिद्यालयका प्रधानाध्यापक,कार्यपालिका सदस्य तथा स्वास्थ्यकर्मीहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण हुग्दिसिर स्वास्थ्यचौकी प्रमुख करणकुमार साह र बरेङ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर छन्त्यालले गर्नुभएको थियो ।
सामाजिक बिकास समितिका संयोजक तथा प्रवक्ता तुफान पुनको अध्यक्षता । बरेङ गाँउपालिकाका प्रमुख प्रसाषकिय अधिकृत खड्ग बि.कको मन्तब्य तथा हुग्दिसिर स्वास्थ्यचौकी प्रमुख करणकुमार साहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
« बरेङ बजारमा माघि मेला आजदेखी सुरु «
» बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शिक्षक विदाई कार्यक्रम सम्पन्न »