बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शिक्षक विदाई कार्यक्रम सम्पन्न
भुमा तारामी मगर १० माघ २०८१ बागलुङको बरेङ गाउँपालिका वडा नं. २ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा शिक्षक विदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
निम्न माध्यमिक तह तृतिय श्रेणी विज्ञान विषयका शिक्षक राम बहादुर खड्कालाई एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको शिक्षक नाम बहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै शिक्षक खड्काले विद्यालयमा रहँदा आफुले धेरै कुरा सिक्न पाउनुका साथै विद्यालय परिवारबाट धेरै माया र स्नेह पाएको भन्दै विद्यालयलाई धन्यवाद दिनुभयो।
यसै विच कृषि प्रशिक्षक उमेश कुमार चौहान र लक्ष्मिकान्त पौडेललाई विद्यालयमा स्वागत गरिएको छ ।
चौहान वरिष्ठ कृषि प्रशिक्षक र पौडेल सहायक प्रशिक्षकका रुपमा नियुक्त हुनुभएको हो ।
नवनियुक्त प्रशिक्षकहरुलाई थप उत्प्रेरणा होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा कक्षा ११ का छात्र सविन क्षेत्री शिक्षकहरु राम बहादुर खड्का,लक्ष्मिकान्त पौडेल,उमेश कुमार चौहान र विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम प्रधानाध्यापक श्रीसको अध्यक्षता,शिक्षक बल बहादुर पुनको स्वागत र शिक्षक नाम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेङमा पाठेघरको क्यान्सर बिरुद्धको खोप माघ २२ देखी २५ गते सम्म लगाइदै । «
» सिर्जनशिल युवाकलवको चौथो वाषिकोत्सव सम्पन्न ः उपाधि न्यु सुप्रिया सुनचाँदी पसललाई »