दर्ता. न‌: २४५/०६५/०६६

सिर्जनशिल युवाकलवको चौथो वाषिकोत्सव सम्पन्न ः उपाधि न्यु सुप्रिया सुनचाँदी पसललाई

दिपेन्द्र परियार १४ माघ २०८१ । बरेङको वडा न ३ वाटाकाचौर चिप्लेटीमा अवस्थित सिर्जनशिल युवाकलवको चौथो वाषिकोत्सव समारोह सम्पन्न भएको छ ।

गतमाघ १० गते देखि सुरुभएको वार्षिकोत्सव समारोह विभिन्न खेलकुद प्रतिस्पर्धात्मक सास्कृतिक कार्यक्रमका साथ आईतवार सम्पन्न भएको हो ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला पुरुषभलिवल प्रतियोगितामा प्रथम बन्दै न्यु सुप्रिया सुनचाँदी पसल सान्तिपुर गुल्मीले नगद ६० हजार टफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो हुदै थ्रिस्टार युवाकलव खनियापाटा गुल्मीले नगद ३० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।तेस्रो हुदै भण्डारी ट्राभल्स ले नगद १५ हजार मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।आयोजक सिर्जनशिल युवाकलव परिवार भने सान्त्वना भएको छ ।बिधागत तर्फ न्यु सुप्रिया सुनचाँदी पसलका बिमल भण्डारी बेस्ट पेलेयर,भण्डारी टाभल्सका संगम श्रीस वेस्ट स्पाईकर,वेस्ट सेटर सुप्रीयासुनचाँदी पसलका रेसम सुनार बुलेट,वेस्ट कुईकर थ्री स्टार युुवाकलवका वसन सिंजापती,वेस्ट सरोवर थ्रि स्टारका मान बहादुर वलाल,वेस्ट लिव्रो थ्रिस्टारका टेक बहादुर थापा घोषित हुदै ट्रफि प्राप्त गरेका छन ।

त्यस्तै भुपु भलिवल प्रतियोगितामा मिलिजुली युवाकलव परिवार बिजेता बन्दै लोकल बोका प्राप्त गरेको छ भने हिमचुली युवाकलव उपबिजेता बन्दै लोकल भाले प्राप्त गरेको छ ।

खुल्ला नृत्य प्रतियोगितामा सिर्जनशिल युवाकलव परिवार प्रथम बन्दै नगद ८ हजार  ,वालविकास आधारभुत बिद्यालय दोस्रो बन्दै नगद ५ हजार तथा मिलिजुलि एकता सास्कृतिक मंच खाल्लेले तेस्रो बन्दै नगद ३ हजार प्राप्त गरेका छन भने सहभागी समुहले नगद १हजार १ सय र मायाकोचिनो प्राप्त गरेका छन ।

मिउजिकल चियर प्रतियोगितमा करिना बोहोरा बिजेता बन्नुभएको छ  ।कार्यक्रममा सहयोगदाता तथा अन्यसहयोगिहरुलाई सम्मान गरिएको थियो । कल्वका सदस्यहरुले विभिन्न सास्कृतिक प्रश्तुति समेत राखेका कलवका सचिव अजय पौडेलले जानकारी दिनुभयो।

« बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शिक्षक विदाई कार्यक्रम सम्पन्न «

» गुल्मीको नयाँ गाँउमा नवदुर्गा युवाकलवको ८ औ बार्षिकोत्सव समारोह सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal