गुल्मीको नयाँ गाँउमा नवदुर्गा युवाकलवको ८ औ बार्षिकोत्सव समारोह सुरु
दिपेन्द्र परियार १४ माघ २०८१ । गुल्मीको कालिगण्डकी गाँउपालिका ७ भुर्तुङ नयाँ गाँउ स्थित नवदुर्गा युवाकलवको ८ औ बार्षिकोत्सव समारोह सुरु भएको छ ।
सहिद दिवसको अवसर पारेर कलवले विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित आठौ बार्षिकोत्सव तथा परिवर्तन आमासमुहको दोस्रो बार्षिकोत्सव साविकको वाड स्तरिय भलिवल प्रतियोगिता,खुला महिला भलिवल प्रतियोगिता,खुला नृत्य प्रतियोगिता र भु.पु भलिवल प्रतियोगिता आयोजना गरि मनाउन लागेको हो ।
मुख्य आर्कषण पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेले नगद ३५हजार ट्रफी मेडल र प्रमाणपत्र,दोस्रो हुनेले नगद २० हजार ट्रफी मेडल र प्रमाणपत्र,तेस्रो हुनेले नगद १० हजार ट्रफी मेडल र प्रमाणपत्र,तथा सान्त्वना हुनेले नगद ६ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।त्यस्तै खुल्ला महिला भलिवलमा बिजेताले नगद १२ हजार मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद ८ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।
खुला नृत्य प्रतियोगितामा बिजेताले ३ हजार तथा उपबिजेताले २ हजार प्राप्त गर्ने छन ।
भु.पु भलिवल प्रतियोगितामा बिजेता र उप विजेताले बोका प्राप्त गर्ने कलवका अध्यक्ष निर्प सुनारले जानकारी दिनुभयो ।हाल सम्म साविकको अन्तरवाडस्तरिय पुरुष भलिवल प्रतियोगितामा १४ टिमको सहभागीता रहेको छ ।जसमा माहालक्ष्मी युवाकलव भुर्तङ,तोलाकोट स्पोर्टस कलव तोलाकोत ,सुदाला युवाकलव बरेङ,मगरगाँउ स्पोर्टस कलव ग्वाघा,थ्री स्टार युवाकलव खनियापाटा,एभ्रेष्ट युवाकलव खोलाखानी ,कोरेङखोला युवा कलव कोरेङ,मुनाल युवा समाज अमराई ,हिमालयन सास्कृतिक युवा समाज फोक्सीङ,सिर्जना युवाकलव धुवाखोला,लुम्विनी युवाकलव खमरीपाटा,लम्सराङ युवाकलव लम्सराङ,नवकिरण युवा कलव खस्कोट,सदावहार युवाकलव छापचौरले दर्ता गराएका खेल संयोजक रोवन्त सुनारले बताउनु भयो ।
« सिर्जनशिल युवाकलवको चौथो वाषिकोत्सव सम्पन्न ः उपाधि न्यु सुप्रिया सुनचाँदी पसललाई «
» आदर्श सञ्चार सहकारी संस्था बरेङ शाखाद्धारा वडा नं. २ घट्टमा श्रद्धाञ्जली सभा सम्पन्न »