दर्ता. न‌: २४५/०६५/०६६

आदर्श सञ्चार सहकारी संस्था बरेङ शाखाद्धारा वडा नं. २ घट्टमा श्रद्धाञ्जली सभा सम्पन्न

भुमा मगर ।

२० माघ २०८१ ।आदर्श सञ्चार सहकारी संस्थाले बरेङ गाउँपालिका–२ घट्टमा  श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

आज आइतबार आदर्श सञ्चार सहकारी संस्था लिमिटेड, बरेङ शाखाले बरेङ गाउँपालिका– वडा नं. २, घट्टमा आफ्नो शेयर सदस्य स्व.सकुन्तला क्षेत्रीको घरमै पुगेर राहत वितरण साथै श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको हो। 

कार्यक्रममा स्व. क्षेत्रीको परिवारलाई राहत रकम नगद रू. तीस हजारसँगै एक औपचारिक कार्यक्रमकाबीच श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको थियो। 

बरेङ शाखाका संयोजक जयराम शर्माको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन बरेङ शाखा कार्यालय सञ्चालन समितिका सचिव कृष्ण श्रेष्ठले गर्नुभएको थियो भने बरेङ गाउँपालिका २ नं वडा संयोजक केशवराज शर्माको स्वागत मन्तव्य, घर परिवारको तर्फबाट भूपू हुग्दिशिर गाविस सचीव केशर बहादुर वर्माको धन्यवाद मन्तव्य रहेको थियो। 

आदर्श सञ्चार सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई उनिहरुको दुःखद समय, आपत बिपदमा राहत वितरण तथा सान्त्वना कार्यक्रम गरी सेवाग्राहीहरूको पक्षमा उभिने कार्यक्रमहरू गर्दै आएको छ। 

« गुल्मीको नयाँ गाँउमा नवदुर्गा युवाकलवको ८ औ बार्षिकोत्सव समारोह सुरु «

» गुल्मीको ग्वाघामा मौरीपालन सम्बन्धि ७ दिने तालिम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal