दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको ग्वाघामा मौरीपालन सम्बन्धि ७ दिने तालिम सम्पन्न

भुमा मगर ।

२१ माघ २०८१ ।गुल्मीको ग्वाघामा माहुरी रीपालन सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ ।। 

कौडे झुलेनी माहुरी उद्यमी कृषक समुहको माग र माहुरी विकास केन्द्र गोदावरीको आयोजनामा गुल्मीको चन्द्रकोेट गाउँपालिका वडा नं. ५ ग्वाघामा ७ दिने माहुरीपालन सम्बन्धि तालिम र माहुरीको गोलामा देखिएका रोगहरुको निरिक्षण र नियन्त्रण सम्बन्धि प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८०।०८१ मा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत माहुरी पकेट कार्यक्रम मार्फत १२ लाख रुपियाँ बराबरको माहुरीपालन संबन्धि सामाग्रीहरु वितरण गरिएको थियो ।त्यहि माहुरीपालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन माहुरी विकास केन्द्र गोदावरीले तालिमसंगै प्राविधिक सहयोग गरेको समुहका अध्यक्ष योगेन्द्र बहादुर काउचाले जानकारी दिनुभयो  ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले समुहको कार्यक्रमको सराहना गर्दै माहुरीपालनबाट उत्पादित मह  र महजन्य सामाग्रीहरु समग्र गाउँपालिकाकै पहिचान बनाउनुपर्ने बताउनुभयो । उहाँले महको ब्रान्डिङ कार्यका लागी गाउँपालिकाले लगानी गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा चन्द्रकोट गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष पृथ बहादुर कार्किको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका अर्का विशिष्ट अतिथि माहुरी विकास केन्द्र गोदावरीका सहायक प्राविधिक भानु भक्त कन्दङ्वाले आफ्नो मन्तव्य राख्दै तालिमको अनुभव राम्रो रहेको र  अरु कार्यक्रम परेमा पनि आफु सहभागी हुन उत्सुक भएको जनाउनुभयो ।

कार्यक्रममा गोदावरीकै प्राविधिक अनिता राना र कार्यालय सहयोगी पुश्कर सिलवालको आतिथ्यता रहेको थियोे ।

समापन कार्यक्रम समुहका अध्यक्ष योगेन्द्र बहादुर काउचाको अध्यक्षता,समुहका उपाध्यक्ष उदय पुनको स्वागत मन्तव्य तथा सचिव दुर्गा थापाको सञ्चालनमा अघि बढेको थियो ।

गत माघ १३ गतेदेखी सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो ।

तालिममा २५ जना प्रशिक्षार्थीहरुको नियमित उपस्थिति रहेको थियो ।

« आदर्श सञ्चार सहकारी संस्था बरेङ शाखाद्धारा वडा नं. २ घट्टमा श्रद्धाञ्जली सभा सम्पन्न «

» पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान: बरेङका ४ सय ४० किशोरीलाई खोप लगाइने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal