दर्ता. न‌: २४५/०६५/०६६

पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान: बरेङका ४ सय ४० किशोरीलाई खोप लगाइने

भुमा मगर ।

२३ माघ २०८१ ।पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान मंगलवारदेखी देशभर सुरु भएको छ ।

माघ २२ गते देखि २६ गते सम्म तोकिएका खोप केन्द्रहरुवाट पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान बरेङ गाउँपालिकामा पनि मंगलवारदेखी सञ्चालन भएको छ । 

अभियानको पहिलो दिन मंगलवार बरेङ गाउँपालिका वडा नं. ३ स्थित बालबिकास आधारभुत विद्यालयका १८ जना र वडा नं. ४ सल्यान स्थित सल्यान सुखौरा माध्यमिक विद्यालयका २५ जना किशोरीहरुलाई खोप लगाइएको बरेङ गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले जानकारी दिनुभयो ।

अभियानको दोस्रो दिन आज बुधबार बाल ज्योति इङ्लिस बोर्डिङ बरेङ,धुल्लुलिउँवा माध्यमिक विद्यालय लिउँवा,पुरुषोद्धय माध्यमिक विद्यालय बराहकोट, ज्ञानोद्धय आधारभुत विद्यालय, सल्यान स्वास्थ्य चौकि र महेन्द्र माध्यमिक विद्यालय सुखौरा र २४ गते बिहिबार,धुल्लुबाँस्कोट स्वास्थ्य चौकि,सर्वोदय माध्यमिक विद्यालय बरेङ, शारदा माध्यमिक विद्यालय किसिमकोट र सुखौरा स्वास्थ्यचौकि,माघ २५ गते शुक्रबारका दिन भृकुटि माध्यमिक विद्यालय काफलबोट र बाटाकाचौर स्वास्थ्य चौकि तथा २६ गते शनिबार हुग्दिशीर स्वास्थ्य चौकिमा खोप लगाइने जनस्वास्थ्य निरिक्षक पुनले बताउनुभयो । 

निरिक्षक पुनका अनुसार बरेङ गाउँपालिकाका ४ सय ४० किशोरीलाई खोप लगाइने छ ।

बरेङ गाउँपालिकाभर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु र विद्यालय बाहिर रहेका १० देखि १५ वर्षसम्मका किशोरीहरुलाई माघ २२ गते  मङ्गलबार देखि २६ गते सम्म तोकिएका छोप केन्द्रहरुवाट पाठेघरको मुखको क्यान्सर विरूद्वको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी गराउदै अभियानमा लक्षित समूह भित्र पर्ने आफ्ना वालिकाहरूलाई तोकिएको खोप केन्द्रमा खोप लगाउन र भविष्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित गर्नुहुन सम्पूर्ण बरेङवासी आमनागरिकहरुमा पालिकाले अनुरोध गरेको छ ।

« गुल्मीको ग्वाघामा मौरीपालन सम्बन्धि ७ दिने तालिम सम्पन्न «

» बरेङमा अखिल नेपाल शिक्षक संघ को तेस्रो सम्मेलन सम्पन्न‚ थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal