बरेङमा अखिल नेपाल शिक्षक संघ को तेस्रो सम्मेलन सम्पन्न‚ थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन
दिपेन्द्र परियार २८ माघ २०८१ बरेङमा अखिल नेपाल शिक्षक संघ को तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
हुग्दिसिरको काफल बोटमा रहेको भृकुटी माध्यमिक विद्यालयमा सम्पन्न सम्मेलनले सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चित्र थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा धुल्लुलिउवा माविका प्रधानाध्यापक फटिक थापा‚ महिला उपाध्यक्ष हुग्दिसिर प्राविका तारा थापा‚ सचिवमा सर्वोदय माविका शिक्षक ओम बहादुर पुन‚ कोषाध्यक्षमा पुरुषोद्धय माविका शिक्षक नाम बहादुर थापा‚ सह सचिवमा विश्व स्वतन्त्र प्रावि चित्रे वाट भगवती पौडेल रहनुभएको छ । सदस्यहरूमा ईन्द्र बहादुर घर्ती मगर‚ सोमबहादुर श्रीस‚ सुमन आचार्य‚ शोभाखर पौडेल‚ नारायण गैरे‚ विष्णुबहादुर क्षेत्री‚ शान्तबहादुर शेरपुर्जा‚ भगवती न्यौपाने‚ कल्पना क्षेत्री रहनुभएको छ ।त्यस्तै ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ ।समितिको संयोजकमा जयन्द्र पुन‚ सदस्यमा यममाया केसी र तुलसीराम शर्मा रहनुभएको छ ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद आर्चायको प्रमुख आतिथ्यता, नेपाल शिक्षक संघ जिल्ला समिति अध्यक्ष मित्र दत्त ढकालको विशिष्ट आतिथ्यता‚ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा ‚ बरेङ गाउपालिका २ का वडा अध्यक्ष हिराबहादुर घर्तिको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि ढकालले वर्तमान परिस्थितिमा शैक्षिक बहसमा रहेको शिक्षा विधेयक संसदबाट पास गराउनका लागी सबै शिक्षक कर्मचारी हरूले संयुक्त आन्दोलन गर्नुपर्ने बताउनु भयो । अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अखिल नेपाल शिक्षक संघ बरेङ गाँउ कमिटिका अध्यक्ष चित्र थापाको अध्यक्षता‚ वालज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल सोभाखर पौडेलको स्वागत मन्तव्य र ओम बहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सचिव पुनले जानकारी दिनुभयो ।
« पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान: बरेङका ४ सय ४० किशोरीलाई खोप लगाइने «
» नेपाल शिक्षक संघ बरेङ गाउँपालिका बागलुङको पाँचौँ स्थानीय प्रतिनिधि सभा काउले चौरमा सम्पन्न »