दर्ता. न‌: २४५/०६५/०६६

नेपाल शिक्षक संघ बरेङ गाउँपालिका बागलुङको पाँचौँ स्थानीय प्रतिनिधि सभा काउले चौरमा सम्पन्न

भुमा मगर ०३ फागुन २०८१ । नेपाल शिक्षक संघ बरेङ गाउँपालिका बागलुङको पाँचौँ स्थानीय प्रतिनिधि सभा बरेङ गाउँपालिका स्थित वडा नं १ धुल्लुबासकोटको काउले चौरमा सम्पन्न भएको छ।

कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननीय डिल्लीराम सुवेदीको प्रमुख आतिथ्यमामा सम्पन्न भएको छ ।  कार्यक्रममा आर्थिक वर्ष २०८० । ०८१ को प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन नेपाल शिक्षक संघ बरेङका कोषाध्यक्ष पुष्पा शर्माले प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य एवम् नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय स्व वि यु पूर्व सभापति भीम श्रीस‚ नेपाल शिक्षक संघ बागलुङ जिल्ला अध्यक्ष उमाकान्त शर्मा‚ नेपाल शिक्षक संघ बागलुङका सचिव राजेन्द्र पौडेल‚ नेपाल शिक्षक संघ बागलुङका सह सचिव एबम नेपाल शिक्षक संघ बरेङका स्रोत व्यक्ति मदन बहादुर कार्की ‚ विद्यालय व्यवस्थापन समितिको तर्फवाट समाजसेवी व्यक्तित्व पूर्ण बहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने गण्डकी प्रदेश सभा सदस्य डिल्ली राम सुवेदीले आफ्नो कर्म क्षेत्रमा विद्यार्थीको भविष्य उज्वल बनाउन शिक्षकहरु कसैको दबाब नपरी अगाडि बढ्न आग्रह गर्दै विद्यालय शिक्षामा शिक्षक‚ अभिभावक र विद्यार्थीको हितमा सधैं साथमा रही काम गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने गुरु वर्गलाई सधैं साथ दिने र लिनेमा आफूले कुनै कसर बाँकी नराख्ने गरी अगाडि बताउनुभएको थियो । 

कार्यक्रम नेपाल शिक्षक संघ बरेङका अध्यक्ष प्रेम बहादुर खत्रीको अध्यक्षता‚ उपाध्यक्ष रेवती केसीको स्वागत र सचिव पूर्ण भद्र शर्माको सञ्चालन तथा नेपाल शिक्षक संघमा आबद्ध शिक्षक कर्मचारी‚ मातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो भने शिक्षक स्थायी सेवामा नव प्रवेश गर्नु हुने शिक्षक लाई समेत सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

« बरेङमा अखिल नेपाल शिक्षक संघ को तेस्रो सम्मेलन सम्पन्न‚ थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन «

» बरेङको पुरुषोद्धय माध्यमिक विद्यालयको शैक्षिक भ्रमण सुरु ः काहाँ जादैछन विद्यार्थी ? »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal