बरेङको पुरुषोद्धय माध्यमिक विद्यालयको शैक्षिक भ्रमण सुरु ः काहाँ जादैछन विद्यार्थी ?
दिपेन्द्र परियार ०४ फाल्गुन २०८१ बरेङको पुरुषोद्धय माध्यमिक विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको शैक्षिक भ्रमण कार्यक्रम‚ यस वर्ष पनि सुरु भएको छ ।
आज देखी सुरुभएको शैक्षिक भ्रमण सप्ताह ६ गते तीन दिन सम्म सञ्चालन गर्ने विद्यालयले जानकारी दिएको छ ।
बाल कक्षा देखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यार्थीलाई चार समुहमा विभाजन गरि ३ दिने भ्रमण कार्यक्रम आज देखि सुरु गरिएको विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले जानकारी दिनुभयो । चार समूह मा विभाजन गरेर विद्यार्थीहरूलाई अध्ययन अवलोकनका लागी नेपालका विभिन्न स्थानमा लगिने श्रीसको भनाई छ ।
समूह क मा कृषि वाली विज्ञान प्राविधिक शाखा‚ कक्षा ११ र १२‚ मा अध्ययनरत विद्यार्थी एवम् शिक्षक समूह गरि कुल ३३ जनाको भ्रमण दल ३ दिनको लागि आज कास्कीको लुम्ले‚ पोखरा‚ तनहुँको बन्दिपुर ‚ चितवन‚ बुटवल‚ पाल्पा एवम् गुल्मी जिल्लाहरूमा रहेका विभिन्न कृषि तथा पशुपालन अनुसन्धान क्षेत्रहरू‚ धार्मिक तथा पर्यटकीय क्षेत्रहरू को भ्रमण गर्दै फर्किनेछन्।
त्यस्तै समूह ख अन्तर्गत बाल कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थी लाई बरेङ गाउँपालिकाका स्थलगत भ्रमणका क्षेत्रहरू प्रहरीचौकी‚ वडा कार्यालय‚ वरेङ गाउँपालिकाको कार्यलय‚ स्थानीय धार्मिक महत्त्व बोकेका मन्दिरहरू को अवलोकन एवम् तथ्याङ्क सङ्कलन सँगसँगै विद्यालयमा उपस्थित भई मनोरञ्जन सहित समापन गरिनेछ।
समूह ग अन्तर्गत कक्षा ६ देखि ८ कक्षा सम्म अध्ययनरत विद्यार्थी लाई स्थलगत भ्रमणका क्षेत्र‚ धार्मिक महत्त्व बोकेको प्रसिद्ध सत्यवती मन्दिरको अवलोकन एवम् तथ्याङ्क सङ्कलन सँगसँगै मनोरञ्जन सहित समापन गरिनेछ।
समूह घ अन्तर्गत कक्षा ९ र १० का विद्यार्थी लाई महत्त्वपूर्ण कृषि ‚ धार्मिक एवम् पर्यटकीय क्षेत्रहरूको स्थलगत भ्रमण गराई अवलोकन एवम् तथ्याङ्क सङ्कलन सँगसँगै मनोरञ्जन कार्यक्रम सहित ७ गते समापन गरिने विद्यालयले जनाएको छ ।
« नेपाल शिक्षक संघ बरेङ गाउँपालिका बागलुङको पाँचौँ स्थानीय प्रतिनिधि सभा काउले चौरमा सम्पन्न «
» बरेङ शान्तिपुर सडक दिनको २ घण्टा मात्रै खुल्ने‚ लिउँवा बास्कोट सडक १० दिन बन्द »