दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाको १ वर्षे कार्य प्रगति विवरण जस्ताको त्यस्तै

भुमा मगर 

१० जेठ २०८० ।बागलुङको बरेङ गाउँपालिकाले १ वर्षे कार्यकालको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

गाउँपालिकाको दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिहरुको १ वर्षे कार्यकालका प्रमुख उपलव्धिहरु बुधबार सार्वजनिक गरिएको हो ।

“समृद्ध बरेङ सुखी बरेङबासी” दीर्घकालिन सोँच सहित अघि बढिरहेको  गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९।०८० को गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रमहरु अन्तर्गत सामुहिक तथा व्यावसायिक कृषिको प्रवद्धन गर्नका लागी रु. ३० लाखको लगानिमा बरेङ–५ सुखौरामा एकिकृत कृषि परियोजना शुरु गरिएको,दुध तथा मासुमा आत्मर्निभर स्थानिय तहका रुपमा स्थापित हुनका लागी नश्ल सुधार कार्यक्रम, व्यावसायिक कृषि÷पशु फर्महरुलाई अनुदान वितरण,दाना बनाउने कम्वाइन मेसिनको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

कृषि पकेट क्षेत्र स्थापना तथा विस्तारःअन्तर्गत वडा नं. १ मा नयाँ अलैची पकेट स्थापना तथा वडा नंं. २ हुग्दिशिरमा पुरानो अलैचि पकेट थप विस्तार गरिएको ,भु–उपयोग नियमावली, २०७९ बमोजिम गाउँपालिका भित्रका सबै जग्गा वर्गिकरण गरिएको ,स्थानिय स्रोत साधनको परिचालन गरी कम्तिमा २ जना स्थानिय बासिन्दालाई रोजगार प्रदान गर्ने उद्यमीहरुलाई उद्यम विकास अनुदान प्रदान ,गाउँपािलका भित्रका वडाहरुमा आन्तरिक रुपमा सहज यातायात सुविधाका लाागी ७५ प्रतिशत अनुदानमा २ वटा अटो रिक्साको व्यवस्था गरी सञ्चालन गरिएको कार्य प्रगति विवरणमा उल्लेख छ ।

गाउँपालिकाले स्यास्थ्य क्षेत्रतर्फ “बरेङको सहर,शुन्य मातृशिशु मृत्युदुर”कार्यक्रम अन्तर्गत आमा प्रतिक्षा घरको व्यवस्था गरि गाउँपालिकाका बर्थिङ सेन्टर प्रसुति सेवा लिने आमा र निजको सहयोगीहरका लागी निःशुल्क खाने व्यवस्था गरिएको र घरमा  प्रसुति शुन्य गाउँपालिका घोषणाको कार्यक्रम कार्यान्वयनको चरणमा रहेको र पारिवारिक स्वास्थ्य प्रोफाइल निर्माणको लागी स्वास्थ्य कार्यालय बागलुङसंगको साझेदारीमा घरधुरी भेटघाट र तथ्याङ्क संकलन कार्य भइरहेको र हाल सम्म ८५० भन्दा बढि घरधुरीबाट तथ्याङ्क संकलन भएको गाउँपालिकाले जनाएको छ ।

विद्यालयमा स्वास्थ्य विषय अध्यापन गर्ने शिक्षकहरुलाई आखाँ, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखिकरण गरिएको, गर्भवती तथा सुत्केरी महिलाहरुको विवरण संकलन र निगरानी गर्नको लागि मेडिक मोवाईलसँगको सहकार्यमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि तालिम सञ्चालन गरि मोवाईल मार्फत गर्भवती दर्ता गर्ने गरिएको तथा हुग्दिशिर स्वास्थ्यचौकीमा कुपोषित बालबालिकाहरुलाई उपचार गर्नको लागि बहिरंग उपचार सेवा ओ टि सी स्थापना गरिएको, युनाइटेड युवा क्लब पोखराको सहकार्यमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा शिविर सञ्चालन गरिएको थियो जसमा ६५० जना विरामी प्रत्यक्ष लाभान्वित भएका थिए भने फेयरमेडसँगको सहकार्यमा वडा नं २ सुदालामा खोप तथा गाउँघर क्लिनिक स्थापना गरिएको र वडा नं ३ खाल्लेमा निर्माणाधिन अवस्थामा रहेको र ग्रामिण भिडियो एक्स–रे कार्यक्रम अन्तरगत गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्स –रे कार्यक्रम निरन्तर चलिरहेको गाउँपालिकाले सार्वजनिक गरेको  प्रगति विवरणमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले मातृशिशु मृत्युदर न्यूनिकरण गर्न तथा आमा र बच्चाको स्वास्थ्य अवस्थाको जानकारी लिनको लागि बच्चा जन्मेको २४ घण्टा, ३ र ७ दिनमा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको छ ।

स्वास्थ्य संस्थाहरुको लागि औजार उपकरण तथा अत्यावश्यक औषधिको प्रबन्ध गरी वितरण भईरहेको,पुर्ण खोप सुनिश्चितताको लागि घरधूरी सर्वेक्षण गरि खोप लगाउन छुट भएका बच्चाहरुको पहिचान गरि,खोप लगाउने र पुर्ण खोप सुनिश्चित गर्ने कार्य भईरहेको र “राष्ट्रिय हात्तीपाईले रोग विरुद्दको आम औषधी सेवन”कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा क्षेत्र तर्फ कक्षा १ देखी ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्नुका साथै कक्षा १ को स्थानीय पाठ्यपुस्तक समेत तयार गरिएको ,“शिक्षामा प्रविधि, बरेङमा समृद्धि” भन्ने नारालाई सफल बनाउन र प्राविधिक शिक्षामा बरेङबासी विद्यार्थीहरुलाई थप उत्प्रेरित गर्ने उद्देश्यका साथ विभिन्न विधामा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको ,विद्यालय सञ्चालन, व्यवस्थापन र समन्वयलाई थप प्रभावकारी बनाउनका विद्यालय व्यवस्थापन समितिमा अध्यक्षहरु तथा शैक्षिक गुणस्तर वृद्धि गर्न प्रधानाध्यापकहरुलाई अभिमूखीकरण गरिएको,बालकक्षा सहजकर्ताहरुका लागि मन्टेश्वरी तालिम प्रदान गरिएको तथा “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम” अन्र्तगत गाउँपालिकाको समेत लागत साझेदारीमा ४ कोठे १ वटा,२ कोठे ३ वटा विद्यालय भवनहरु निर्माण भएको र अन्य ३ विद्यालयहरुमा स्तरउन्नतिको कार्य गर्नुका साथै ३ वटा विद्यालयहरुमा आइसिटि स्थापना गरिएको तथा सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्नका लागि गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गरिएको, विद्यार्थी दिवा खाजालाई प्रभावकारी तथा व्यवस्थित बनाउनका लागि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुलाई थप अनुदान प्रदान गरिएको, कार्यसम्पादन सूचकका आधारमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक,आर्थिक लगायत समग्र पक्षको मूल्याङ्कन गरी वर्गिकरण गरिएको,दलित, विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तीको व्यवस्था गर्नुका साथै अभिभावक विहीन बालबालिका शिक्षा व्यवस्थापन कोषको व्यवस्था गरिएको,स्थानिय बासिन्दालाई राष्ट्रसेवा प्रति उत्प्रेरित गर्नका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

“असहाय र बेसहारा, बरेङको अभिभारा” कार्यक्रम अन्तरगत बरेङ गाउँपालिकाका शारीरिक तथा मानसिक रुपमा अति अशक्त र असहाय नागरिकहरुको पूनर्स्थापनाको व्यवस्था गर्नका लागि मानवसेवा आश्रम बागलुङसँग सहकार्य गरि भवन निर्माण, गाउँपालिकाका रणनैतिक महत्वका सडकहरुः पेरिबाङ बरेङ उर्लेनी सडक, नयाँबजार सल्यान सुखौरा सडक, शान्तिपुर नयाँबजार बरेङ सडक स्तरोन्नति, शान्तिपुर नयाँबजार बरेङ नाम्दुक हुँदै बाग्लुङ सडकको तेस्रो खण्डको कालोपत्रे योजनाको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी कार्यान्वयनका लागि प्रदेश सरकार समक्ष पेश गरिएको गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले जानकारी दिनुभयो ।

वडा नं ३ को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको, बरेङ–२ मा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरिएको ,छहरेखोला झरना, कौडेलेक तथा होमस्टे व्यवस्थापन, साग्दि सत्यवति मन्दिर व्यवस्थापन योजनाहरु मार्फत पर्यटकीय पूर्वाधार विकास गरिएको, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत थप ८३ खरको छानो भएको घर जस्तापाताद्वारा विस्थापन गरिएको र बाँकी सबै घरहरु आर्थिक वर्षको अन्त्यसम्म जस्तापाताद्वारा छाउने व्यवस्था गरी खरको छानो मूक्त गाउँपालिका घोषणा गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

लघु उद्यम विकास कार्यक्रम अन्तरगत ८० जना स्थानीयहरुलाई होजियारी, सिताके च्याउ खेति, साबुन बनाउने र मौरीपालन तालिम प्रदान गर्नुका साथै प्रविधि हस्तान्तरण समेत गरिएको, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गाउँपालिकाको समेत लागत साझेदारीमा १७ वटा विभिन्न योजनाहरु सम्पन्न गरी १८८ जनालाई रोजगार प्रदान गरिएको, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ६५ अंकका साथ बागलुङ जिल्लामै दोस्रो स्थान हासिल गरेको गाउँपालिकाले जनाएको छ ।

कानुन निर्माण तर्फ ३० भन्दा बढी विभिन्न कार्यविधिहरु, राजश्व सुधार कार्ययोजना, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण रणनीति निर्माण गरिएको साथै न्यायिक समिति मार्फत स्थानीय विवाद मेलमिलाप तथा निरुपण गरिएका, जेष्ठ नागरिकहरुका ज्ञान, अनुभव र भोगाईको आदान प्रदान गर्नुका साथै उचित सम्मान गर्ने उद्देश्यका साथ उमेर चौरासी कार्यक्रम तथा निशूल्क स्वास्थ्य परिक्षण कार्यक्रमको व्यवस्था गरिएको, विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम, एकल महिला मागमा आधारित कार्यक्रम, बालक्लब गठन, उज्यालो बालबचत कार्यक्रम, एक घर एक महिला रोजगार कार्यक्रम, ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षाको व्यवस्था जस्ता कार्यक्रम मार्फत विभिन्न लक्षित वर्गका नागरिकहरुलाई सम्बोधन गरिएको, गाउँपालिका अध्यक्ष सामाजिक सुरक्षा संरक्षण तथा बचाउ कार्यक्रम मार्फत आर्थिक तथा सामाजिक रुपमा कमजोर नागरिकहरुलाई आर्थिक सहायता प्रदान गरिएको गाउँपालिकाले सार्वजनिक गरेको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।

« बरेङका पशु चौपायामा पनि लम्पी स्किन रोगको सङ्क्रमण देखियो,,,,सर्तकता अपनाउन शाखा प्रमुखको सुझाव «

» महेन्द्र मावि सुखौरामा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal