दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय मावि बरेङमा छात्र मौसम थापाको अध्यक्षतामा जुनियर्स रेडक्रस सर्कल गठन

भुमा मगर

१२ जेठ २०८० ।सर्वोदय माध्यमिक विद्यालय बरेङमा कक्षा १० का छात्र मौसम थापाको अध्यक्षतामा जुनियर्स रेडक्रस सर्कल गठन गरिएको छ  ।

विद्यालयको शैक्षिक सुधारका शुक्रबार एक कार्यक्रमको आयोजना गरी सर्कल गठन गरिएको हो ।

जसको उपाध्यक्षमा कक्षा १० कि छात्रा स्मृति शर्मा,सचिव कक्षा ९ कि छात्रा सलिना पुन,सहसचिवमा कक्षा ८ का छात्र प्रशान्त शर्मा,कोषाध्यक्षमा कक्षा ९ का छात्र दिवस गलामी,उप–कोषाध्यक्षमा कक्षा ८ कि छात्रा सचिना गिरी रहेका छन् ।

सदस्यहरुमा कक्षा ६ कि छात्रा सोनिया वि.क. ,कक्षा ६ कै छात्र रिजन थापा,कक्षा ७ कि छात्रा सुस्मिता भण्डारी,कक्षा ६ का छात्र सुजल पुन ,कक्षा १० का छात्र पुर्ण बहादुर विक रहेका छन् ।

शिक्षकनायक टोमनाथ शर्मा र शिक्षकसहनायकमा शिक्षिका हिमा थापा पुन,सल्लाहकार समितिको संयोजकमा शिक्षक ओमबहादुर पुन,सदस्यहरुमा शिक्षक द्धय पूर्णभद्र शर्मा र गमबहादुर थापा रहनुभएका विद्यालयका सुचना अधिकारी  शिक्षक गम बहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रमको बारेमा शिक्षक टोमनाथ शर्माले विस्तृत जानकारी गराउनुभएको थियो ।

कार्यक्रम शिक्षक ओमबहादुर पुनको अध्यक्षता शिक्षिका टिका सलामीको स्वागत र शिक्षक पुर्णभद्र शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको पुरस्कार वितरण 

« सल्यान सुखौरा मावि सल्यानमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न «

» बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको पुरस्कार वितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal