दर्ता. न‌: २४५/०६५/०६६

ज्ञानोदय आधारभूत विद्यालय बाटाकाचौरमा सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास

भुमा मगर ।

२२ फागुन २०८० ।ज्ञानोदय आधारभूत विद्यालय बरेङ गाउँपालिका ३ बाटाकाचौरमा आज एक कार्यक्रमका बीच सरस्वतीको मन्दिर निर्माणको लागि शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ।

आर्थिक वर्ष २०८०÷०८१को बरेङ गाउँपालिका वडा नं. ३ बाट विनियोजित सरस्वती मन्दिर निर्माण योजना अन्तर्गत निर्माण गर्न लागिएको मन्दिरको वडा नं. ३ का वडा अध्यक्ष शेर बहादुर खनाल ले शिलान्यास गर्नुभएको छ।

कार्यक्रममा वडा अध्यक्ष शेर बहादुर खनाल को प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता, शिक्षक अभिभावक संघ अध्यक्ष एवं वडा सदस्य टेक बहादुर थापा को विशेष आतिथ्यता तथा  विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्कीको व्यवस्थापन र सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गंगा बहादुर कार्की ले पूजा अर्चना, शिक्षक चन्द्रमणि सुवेदी बाट स्वस्ती वाचन, विद्यालय व्यवस्थापन समिति सदस्य धनकुमारी थापा,शिक्षक भीम कुमारी कार्की, अमृत न्यौपाने सुनिता थापा बाट फूल प्रसाद व्यवस्थापन तथा वितरण गरिएको छ भने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र विद्यार्थी को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्कीले जानकारी दिनुभयो ।null

« महिला सिप विकास तथा महिला अधिकार संबन्धि बरेङमा अभिमुखीकरण «

» शारदा माध्यमिक विद्यालय किसिमकोटमा विद्यार्थीहरुलाई झोला वितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal