दर्ता. न‌: २४५/०६५/०६६

पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा शिक्षक विदाई कार्यक्रम सम्पन्न

भुमा मगर 

१० जेठ २०८० ।बरेङ गाउँपालिका २ बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शिक्षक विदाई कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

विद्यालयमा विज्ञान शिक्षकको रुपमा नियुक्त भई अध्यापन गराउँदै आउनुभएका शिक्षक नविन शर्मालाई बुधबार एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको विद्यालयका शिक्षक नाम बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षक सन्तोष श्रीस,नरिनारायण पौडेल,कक्षा ११ कि छात्रा स्मृति पुन र विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक श्रीसले विद्यालयमा रहँदा जिम्मेवारीका साथ एउटा कुशल शिक्षकको भुमिका निर्वाह गरेको भन्दै शिक्षक शर्माको प्रशंसा गर्नुभएको थियो ।

शिक्षक शर्माले विद्यालयमा शिक्षण गर्ने क्रममा धेरै कुरा सिक्न पाएको र आगामी दिनमा पनि विद्यालय प्रतिको माया यसरी नै प्रगाद रहिरहने विश्वास व्यक्त गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नाम बहादुर थापाले गर्नुभएको थियो ।

« महेन्द्र मावि सुखौरामा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न «

» सल्यान सुखौरा मावि सल्यानमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal