दर्ता. न‌: २४५/०६५/०६६

सल्यान सुखौरा मावि सल्यानमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न

११ जेष्ठ २०८० । सल्यान ।महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बरेङको आयोजनामा  सल्यानमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सप्पन्न भएको छ ।

पालिकाको वडा नम्बर ४ सल्यान स्थित सल्यान सुखौरा माध्यमिक विद्यालयमा बिहीबार हिंसा न्यूनीकरण सम्बन्धी सचेतना र किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न भएको हो ।

तालिम कार्यक्रममा विभिन्न अन्यायका विरुद्ध आवाज उठाउने, गाउँमा अशिक्षित रहेका वर्गलाई चेतना फैलाउने कार्यमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका हुने हुनाले सोही अनुसार सूचना प्रवाह गर्नुपर्ने विद्यालयका सहायक प्रअ नवराज सापकोटाले बताएका थिए ।

त्यस्तै समाजमा नारीले नारीलाई, नारीले पुरुषलाई, पुरुषले नारीलाई गरिने हिंसा तथा भेदभाव, वर्ग, जाति, लिङ्ग,धर्म आदिमा गरिने भेदभाव तथा हिंसा सम्बन्धी सचेत हुनुपर्ने र सचेतना गराउनुपर्नेमा सबैले भुमिका निर्वाह गर्न विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ गौतमले आग्रह गरेका थिए ।null

तालिममा हिंसाको परिचय, हिंसाका प्रकार,हिंसा हुने स्थान,बच्ने उपाय सम्बन्धी पालिकका रोजगार संयोजक केशवराज क्षेत्रीले प्रशिक्षण गरेका थिए भने  हिंसा भएमा उजुरी दिने निकाय, कानुनी प्रक्रिया, कसुर तथा सजायको बारेमा महिला विकास शाखाकी फोकल पर्सन सुक्मित घर्तिले प्रष्ट पारेकी थिइन । त्यस्तै आयोजना गरिएको किशोरीको लागि आत्मरक्षा तालिममा हिंसा बाट बच्ने शारीरिक  तरिका सम्बन्धी नेपाल कराते महासंघ गण्डकी प्रदेश सदस्य प्रेम थापा र  बरेङ गापाकी कलर बेल्ट खेलाडी  बिन्दु थापाले प्रशिक्षण गरेका हुन ।null

विद्यालयका प्रअ जगन्नाथ गौतमको अध्यक्षता सहित औपचारिक रुपमा सुरुआत भएको कार्यक्रमको संचालन प्राविधिक कमल आचार्यले गरेका थिए । 

« पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा शिक्षक विदाई कार्यक्रम सम्पन्न «

» सर्वोदय मावि बरेङमा छात्र मौसम थापाको अध्यक्षतामा जुनियर्स रेडक्रस सर्कल गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal