दर्ता. न‌: २४५/०६५/०६६

बाटाकाचौरमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न,हिंसा न्यूनीकरण गर्न विद्यार्थीको भूमिका महत्वपूर्ण

१२ जेष्ठ २०८० । बाटाकाचौर ।महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बरेङको आयोजनामा  बाटाकाचौरमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

पालिकाको वडा नम्बर ३ बाटाकाचौर स्थित शारदा माध्यमिक विद्यालय किसिमकोटमा शुक्रबार हिंसा न्यूनीकरण सम्बन्धी सचेतना र किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न भएको हो ।

तालिम कार्यक्रममा विभिन्न अन्यायका विरुद्ध आवाज उठाउने, गाउँमा अशिक्षित रहेका वर्गलाई चेतना फैलाउने कार्यमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका हुने हुनाले सोही अनुसार सूचना प्रवाह गर्नुपर्ने विद्यालयका  प्रधानाध्यापक देविदत्त पौडेलले बताएका थिए ।

त्यस्तै समाजमा नारीले नारीलाई, नारीले पुरुषलाई, पुरुषले नारीलाई गरिने हिंसा तथा भेदभाव, वर्ग, जाति, लिङ्ग,धर्म आदिमा गरिने भेदभाव तथा हिंसा सम्बन्धी सचेत हुनुपर्ने र सचेतना गराउनुपर्नेमा सबैले भुमिका निर्वाह गर्न वडा नम्बर ३ का वडाध्यक्ष सेर बहादुर खनाल क्षेत्रीले आग्रह गरेका थिए ।

तालिममा हिंसाको परिचय, हिंसाका प्रकार,हिंसा हुने स्थान,बच्ने उपाय सम्बन्धी पालिकका रोजगार संयोजक केशवराज क्षेत्रीले प्रशिक्षण गरेका थिए भने  हिंसा भएमा उजुरी दिने निकाय, कानुनी प्रक्रिया, कसुर तथा सजायको बारेमा महिला विकास शाखाकी फोकल पर्सन सुक्मित घर्तिले प्रष्ट पारेकी थिइन । त्यस्तै आयोजना गरिएको किशोरीको लागि आत्मरक्षा तालिममा हिंसा बाट बच्ने शारीरिक  तरिका सम्बन्धी नेपाल कराते महासंघ गण्डकी प्रदेश सदस्य प्रेम थापा र  बरेङ गापाकी कलर बेल्ट खेलाडी  बिन्दु थापाले प्रशिक्षण गरेका हुन ।null

विद्यालयका प्रधानाध्यापक देविदत्त पौडेलको अध्यक्षता सहित औपचारिक रुपमा सुरुआत भएको कार्यक्रममा वडा अध्यक्ष  सेर बहादुर खनाल क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।  

पालिकाका प्रवक्ता तुफान पुन, विद्यालयका शिक्षक दुर्गा पौडेल चालिसेले समेत बोल्नुभएको कार्यक्रमको संचालन प्राविधिक कमल आचार्यले गरेका थिए ।

« बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको पुरस्कार वितरण «

» आगामी कार्ययोजना सम्बन्धी रोजगार सेवा केन्द्रद्वारा अन्तर्क्रिया, सेवा केन्द्रद्वारा पहिलो श्रम स्वीकृतको काम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal