दर्ता. न‌: २४५/०६५/०६६

बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको पुरस्कार वितरण

भुमा मगर

१२ जेठ २०८० ।बरेङ गाउँपालिका २ बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा विद्यालयको वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको छ ।

शुक्रबार विद्यालयमा शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको हो ।

वार्षिक परीक्षामा प्रथम द्धितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक नाम बहादुर थापाले जानकारी दिनुभयो ।

साथैदैनिक हाजिरी,सरसफाई,अनुशासन र नियमित गृहकार्य,गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा शिक्षक नरिनारायण पौडेलले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले विद्यार्थीहरुलाई लगनशील,सिर्जनशील र जिम्मेवार भई आफ्नो अध्ययन कार्यलाई अघि बढाउँदै अहिलेको प्रतिस्पर्धात्मक विश्वमा आफुलाई अव्वल सावित गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसको अध्यक्षता, शिक्षक रमेश गेलाङको स्वागत र शिक्षक नाम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 

« सर्वोदय मावि बरेङमा छात्र मौसम थापाको अध्यक्षतामा जुनियर्स रेडक्रस सर्कल गठन «

» बाटाकाचौरमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा किशोरीहरुको लागि आत्मरक्षा तालिम सम्पन्न,हिंसा न्यूनीकरण गर्न विद्यार्थीको भूमिका महत्वपूर्ण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal