ज्वालामुखि युवा कलब साग्दिको ११ औ बार्षिकोत्सब समारोह तथा दियालि पुर्णीमा मेलाको उद्धघाटन
दिपेन्द्र परियार बरेङ ९ पौस २०८०। ज्वालामुखि युवा कलब साग्दिको ११ औ बार्षिकोत्सब समारोह तथा दियालि पुर्णीमा मेलाको उद्धघाटन
ज्वालामुखि युवा कलब साग्दिको ११ औ बार्षिकोत्सब समारोह तथा दियालि पुर्णीमा मेलाको उद्धघाटन भएको छ ।
दियाली पुर्णिमाको अबसर पारेर बरेङ गाँउपालिका ३ बाटाकाचौर साग्दि स्थित कलवको ११ औ बार्षिकोत्सब तथा मेला को चिनारे सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष धनकुमारी श्रीसले मैन बत्ती बालेर ,सत्यवति आमा समुहकी अध्यक्ष वालाकुमारी श्रीसले रिवन काटेर, तथा चन्दादाता मान बहादुर श्रीसले ब्यानर पढेर ,चन्दादाता सुवेदार वेद बहादुर काउचाले भलिवल सर्भिस गरेर कार्यक्रमको उद्धघाटन गर्नुभएको हो ।
सोहि अवसरमा मगर गाँउ गब्डे गुल्मी तथा ग्रामिण खेलकुद मञ्च साग्दि बिच भएको उद्धघाटन खेलमा ग्रामिण खेलकुद मञ्च साग्दि बिजेता बन्न सफल भएको छ । बिजेता टिमलाई आर्कषक पुरस्कार समेत प्रदान गरिएको कलवका सल्लाहकार तथा साग्दि प्राथमिक बिद्यालयका प्रधानाध्यापक सोम श्रीसले रेडियो बिहानीलाई जानकारी गराउनु भयो ।
» नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र बरेङको गाउँपालिका स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न »







