दर्ता. न‌: २४५/०६५/०६६

अखिल नेपाल किसान महासँघ कालीगण्डकी गुल्मिमा पालिका स्तरीय समिति गठन

दिपेन्द्र परियार । २४ पुस २०८० ।गुल्मीको कालिगण्डकी गाँउपालिकामा अखिल नेपाल किसान महासँघको पालिका स्तरीय समिति गठन भएको छ ।

शनिवार गुल्मीको कालिगण्डकी गाँउपालीको पुर्तिघाट बजारमा सम्पन्न भेलाले घनस्याम ढकालको अध्यक्षतामा १५ सदस्यीय कालिगण्डकी गाँउपालिका स्तरिय अखिल नेपाल किसान महासँघको गठन गरेको हो ।

समितिको उपाध्यक्षमा मुना ढकाल,सचिवमा युवराज श्रीस,सह सचिवमा खेम बहादुर पुन तथा कोषाध्यक्षमा अन्जना पुन चयन हुनुभएको छ भने सदस्यहरुमा गुरु दत्त ढकाल,टेक बहादुर श्रीस,कृष्ण बहादुर पुन,राजु थापा,मोती पुन र टिकाराम थापा रहनु भएको छ । त्यस्तै वैकल्पिक सदस्यहरुमा बिरेन्द्र अ¥याल,भुमिश्वर नेपाली,कुमारी थापा र दिल बहादुर थापा रहनु भएको छ ।भेलामा अखिल नेपाल किसान महासंघ –अप्फा)का केन्द्रिय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतित्थ्यता रहेको थियो ।

राजमो केन्द्रिय सदस्य राम कुमार क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको भेलामा राजमो गुल्मी जिल्ला सदस्य गंगा बहादुर के.सी.,राजमो कालिगण्डकीका अध्यक्ष शुर्य बहादुर क्षेत्री,अखिल नेपाल युवक संघ कालिगण्डकीका अध्यक्ष मेघराज शर्मा,कालिगण्डकी गाँउपालिकाका जनप्रतिनिधिहरु हरिकला थापा,मिथुन बलाल,असोक पुन ,अखिल नेपाल महिला सँघ कालिगण्डकीका सचिव चमेली शर्मा लगाएतको उपस्थिति रहेको थियो । 

भेला बेलमाया श्रीसको अध्यक्षता,असोक पुनको स्वागत तथा घनस्याम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

« योजना सम्झौता अवधि अगाडिनै कार्य सम्पन्न गरेर भुक्तानि लैजाने समितिलाई बरेङ गाँउपालिको सम्मान «

» बरेङ–२ बराहकोट स्थित पुरुषोदय माविद्धारा पाँचौ राष्ट्रपति रनिङशिल्डका विजेता विद्यार्थीहरुलाई सम्मान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal