दर्ता. न‌: २४५/०६५/०६६

बरेङ–२ बराहकोट स्थित पुरुषोदय माविद्धारा पाँचौ राष्ट्रपति रनिङशिल्डका विजेता विद्यार्थीहरुलाई सम्मान

भुमा मगर । २५ पुस २०८० ।बरेङ गाउँपालिका २ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयले बरेङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयका तर्फबाट सहभागी भई विजेता बन्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

गत पुस ७ गते बरेङ २ काफलबोट स्थित भृकृटि माध्यमिक विद्यालयमा सञ्चालन भएको बरेङ गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयका तर्फबाट सहभागी भई स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई विद्यालयले आज बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतका सबै विधाहरुमा विद्यालयले सहभागिता जनाएको थियो। जस अन्तर्गत ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरी विद्यालयले तृतिय स्थान प्राप्त गरेको थियो। 

ज्यावलिङ थ्रो छात्रातर्फ कोपीला नेपाली, छात्र तर्फ सुमन श्रीस, १५०० मि र ८०० मिटर दौड छात्रतर्फ प्रतिक श्रीसले स्वर्ण पदक प्राप्त गरेका थिए। त्यस्तै गरि ४०० मि दौड छात्र तर्फ यमन श्रीस, २०० मि दौड छात्रातर्फ सिमा थापा, लङजम्प छात्रा तर्फ कोपिला नेपालीले रजत पदक प्राप्त गरेका थिए भने ४०० मि दौड छात्रा तर्फ अन्जु राना, १०० मि दौड छात्रतर्फ सुमन श्रीस, ट्रिपल जम्प छात्रतर्फ सागर थापा र १०० मि दौड छात्रातर्फ सपना नेपालीले काश्य पदक प्राप्त गरेका थिए ।  विभिन्न विधामा पदक प्राप्त गरी विजेता बन्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कार सहित विद्यालयले सम्मान गरेको हो ।

सहभागी विद्यार्थीहरुको तर्फवाट वोल्दै कक्षा ९ कि छात्रा अन्जु रानाले विद्यालयले छोटो समयमा पनि राम्रो वातावरणमा प्रशिक्षण गराएको भन्दै विद्यालयप्रति आभार व्यक्त गर्नभएको थियो । विद्यालयका प्रधानाध्यापक मनवहादुर श्रीसले सिमित स्रोत साधन र समयमा विद्यार्थीहरुले आफ्नो क्षमता अनुसार सक्दो प्रयास गरी विद्यालयको गरिमालाई उच्च बनाएको भन्दै सहभागी विद्यार्थीहरुको प्रशंसा गर्नुका साथै खेल क्षेत्रको विकासका लागी विद्यालयले थप योजना बनाएर अघि बढ्ने वताउनु भएको थियो । 

विद्यालयका प्रधानाध्यापक श्रीसको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक नाम बहादुर थापाले गर्नुभएको थियो ।

« अखिल नेपाल किसान महासँघ कालीगण्डकी गुल्मिमा पालिका स्तरीय समिति गठन «

» बरेङमा यसवर्षको माघेसक्रान्ती मेला आज देखी सुरु,गाउँपालिका अध्यक्ष शर्माद्धारा रिवन काटेर मेलाको उद्धघाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal