दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा यसवर्षको माघेसक्रान्ती मेला आज देखी सुरु,गाउँपालिका अध्यक्ष शर्माद्धारा रिवन काटेर मेलाको उद्धघाटन

भुमा मगर ।२७ पुस २०८० ।बागलुङको बरेङमा परम्परागत रुपमा लाग्ने माघेसक्रान्ती मेला आज देखी संचालन भएको छ । 

 ऐतिहासिक महत्व बोकेको माघी मेला आगामी माघ २ गतेसम्म संचालन हुने बताईएको छ । आज शुक्रबार बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले रिवन काटेर मेलाको उद्ध्घाटन गर्नुभएको हो ।

उद्ध्घाटन पश्चात मिलिजुलि एकता मञ्च बाटाकाचौर खाल्ले र सुनखरी युवा कलब धनमुढा बाटाकाचौर बिच भएको उद्धघाटन खेलमा मिलिजुलि एकता मञ्च बिजेता बन्न सफल भएको छ । भने पहिलो चरण अन्तर्गत आयोजक र मिलिजुलि एकता मञ्च बाटाकाचौर खाल्ले बिच भएको खेलमा बाटाकाचौर बिजेता बनेको छ।

साथै पहिलो चरणका खेल भोली बिहान १० बजेदेखी सञ्चालन हुने भएकाले समयमा उपस्थित हुन आयोजकले सबैलाई अनुरोध गरेको छ ।null

प्रत्येक वर्ष माघे सक्रान्तिको अवसर पारेर बरेङ गाउँपालिका २ सिग्दि स्थित मनकामना युवा कलवले माघी मेलाको आयोजना गर्दै आईरहेको छ । मेला हेर्न बागलुङ तथा गुल्मीका बिभिन्न ठाँउहरुबाट दर्शकहरुको घुँईचो लाग्ने गर्दछ । त्यसै अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि मेलाको आयोजना गरिएको कलवका सल्लाहकार एवं मुल आयोजक समितिका संयोजक मिन बहादुर पुनले जानकारी दिनुभयो । 

माघी मेलामा स्थानिय उत्पादनका सामाग्रीहरुको ठूलो संख्यामा प्रर्वद्धन र किनवेच हुने पर्वको रुपमा समेत लिईन्छ । माघीमेला बरेङकै दोस्रो ठुलो र महत्वपूर्ण मानिन्छ । यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ । 

मेलाको अवसरमा मनकामना डान्स आईडल,अन्तरवार्ड स्तरिय पुरुष भलिवल प्रतियोगिता ,खुला महिला भलिवल प्रतियोगिता,सि लेवल ब्याडमिन्टन प्रतियोगिता,भु.पु भलिवल प्रतियोगिता,कृषी तथा हस्तकला प्रदर्शनी लगाएतका कार्यक्रमको आयोजना गरिएको छ ।

मेलामा माघ १ र २ गते स्थानिय तथा राष्ट्रिय कलाकारहरु खेम सेन्चुरी,सुनिता बुढा क्षेत्री ,सागर तामाङ,अमृता नेपाली,निरु श्रीस,उदय पुन,दिपु पुन,सरिता थापा,एस के काउचा लगाएतको सांगितिक प्रस्तुती समेत रहने छ । मेला सम्पन्न गर्न करिव ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । 

विषेश गरी कला संस्कृति, स्थानिय उत्पादन, व्यापार र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने मेलाको मुख्या उद्देश्य रहेको छ ।

त्यस्तै माघी मेला डान्स आईडल सिजन २ मा कुल सहभागी २५ प्रतिस्प्रधि मध्ये अडिसन राउण्डबाट उत्कृष्ट ७ जना छनौट भएका छ ।

उत्कृष्ट ७ मा पर्न सफल हुनेहरुमा बुटबल डान्स ग्रुप बुटबल, राङखानी डान्स ग्रुप जैमिनी १० राङखानी बागलुङ,मगरगाउँ डान्स ग्रुप ग्वाघा गुल्मी,टोलाकोट डान्स ग्रुप कालिग्डकी ६ टोलाकोट गुल्मी,बाँस्कोट डान्स ग्रुप बरेङ १ बास्कोट,नवकिरण खस्कोट डान्स ग्रुप कालिगण्डकी ७ गुल्मी,दिदीबहिनी डान्स ग्रुप लुङखानी गुल्मी रहेका छन ।

अडिसन राउण्डबाट टप सेभेनमा छनोट भएका समूहले सालैजो, सोरठी, कौडा, मारुनी आदि विधामा फाईनल राउण्डको लागि नृत्यको तयारी गर्नको लागी पनि आयोजकले अनुरोध गरेको छ ।

« बरेङ–२ बराहकोट स्थित पुरुषोदय माविद्धारा पाँचौ राष्ट्रपति रनिङशिल्डका विजेता विद्यार्थीहरुलाई सम्मान «

» बरेङमा कृषकले दिए गाउँपालिकालाई गोलभेडा उपाहार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal