बरेङमा कृषकले दिए गाउँपालिकालाई गोलभेडा उपाहार
भुमा मगर । २८ पुस २०८० ।बरेङमा कृषकले गाउँपालिकालाई गोलभेडा उपाहार दिएका छन् ।
बरेङ गाउँपालिका ४ सल्यानका कृषक मेघनाथ शर्माले शनिबार सम्पन्न गाउँपालिकाको १२ औं अधिवेसन तथा गाउँसभाको अवसर पारी गोलभेडा उपाहार दिनुभएको हो । 
गत आर्थिक वर्षमा बरेङ गाउँपालिकाको कृषि शाखा मार्फत ७५ प्रतिशत अनुदानमा प्रत्येक वडामा एक वटा ग्रीन हाउस निर्माण कार्यक्रम अन्तर्गत वडा नं. ४ सल्यान थपलुङ निवासी मेघनाथ शर्माको शर्मा कृषि फर्ममा ओनसरी जातको गोलभेडामा थ्रिजि कटिङ परिक्षण गरिएको थियो । फर्ममा झण्डै १० क्वीन्टल गोलभेडा उत्पादन भएको कृषि शाखा प्रमुख सोम राज रावतले बताउनुभयो ।
उहाँका अनुसार कृषक शर्माले आफ्नो फर्ममा उत्पादन भएको २० देखी २५ केजीको (एक क्यारेट) गोलभेडा बरेङ गाउँपालिकाको १२ औं अधिवेसन तथा गाउँसभाको अवसर पारी सम्पुर्ण पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई उपाहार स्वरुप प्रदान गर्नुभएको हो ।












