दर्ता. न‌: २४५/०६५/०६६

बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको पुरस्कार वितरण

नाम बहादुर थापा ।

१८ बैशाख २०८१ ।बरेङ गाउँपालिका–२ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको छ ।

शैक्षिक सत्र २०८० मा बालकक्षा देखी कक्षा ९ सम्म प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।

त्यस्तै कक्षामा नियमित हाजिर हुने, अतिरिक्त क्रियाकलापमा सक्रिय भइ सहभागी हुने, अनुशासित र नियमित गृहकार्य गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ । विद्यार्थीहरुको हौसला बढाउन र सिकाइ क्रियाकलापमा थप प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गरिएको  विद्यालयले जनाएको छ ।

कार्यक्रम कै विच विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई पनि स्वागत गरिएको छ । बाल कक्षा देखी कक्षा ९ सम्म नयाँ भर्ना भएका २५ जना विद्यार्थीहरुलाई स्वागत गरिएको हो । नव प्रवेशी विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम जंग श्रीस र सहायक प्रधानाध्यापक बल बहादुर पुनले माला र अविरले स्वागत गरिएको हो ।

यस्तै विद्यालयले आज नै शिक्षक द्धय अनिता श्रीस र हिरा शर्मालाई स्वागत गरेको छ ।

शिक्षक श्रीस बडिगाड गाउँपालिकाबाट सरुवा भइ आउनुभएको हो भने शिक्षक शर्मा शिक्षक सेवा आयोगको प्राथमिक तहको तृतिय श्रेणीको परीक्षा उत्र्तीण विद्यालय आउनुभएको हो ।

कार्यक्रममा कक्षा ९ कि छात्रा सदिक्षा थापा, शिक्षिका अनिता श्रीस र शिक्षक हिरा शर्माले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीसको अध्यक्षता रहेको कार्यक्रम शिक्षक नरिनारायण पौडेलको स्वागत र शिक्षक नाम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

« नेकपा माओवादी केन्द्र बरेङको बैठक सम्पन्न «

» बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal