दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा १ हप्ते आलु चिस्प बनाउने तालिम सम्पन्न

भुमा मगर । 

१८ पुस २०८० ।बरेङमा १ हप्ते आलु चिस्प बनाउने तालिम सम्पन्न भएको छ ।

गरिवी निवारणका लागी लघुउद्यम बिकास कार्यक्रम र बरेङ गाँउपालिकाको सहकार्यमा बरेङ गाँउपालिका-२ बराहकोटमा बुधबार तालिम सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न २ का वडा सदस्य टिका काउचाले तालिममा सिकेको सिपलाई व्यावहारमा प्रयोग गर्दै आयआर्जनको माध्यम बनाउन आग्रह गर्नुभयो ।

तालिममा आलु चिप्स बनाउन सिकाईएको बरेङ गाँउपालिकाका लघुउद्यम बिकास सहजकर्ता सुरेन्द्र बहादुर रानाले बताउनु भयो ।

तालिमबाट गाँउघरमा सजिलै उत्पादन हुने आलु मार्फत ग्रामिण क्षेत्रका महिलाहरुलाई स्वरोजगार बन्न उपयोगि हुने अपेक्षा लिईएको रानाको भनाई छ ।

समापन कार्यक्रम तालिममा सहभागी खैसरा पुनको अध्यक्षता, प्रतिमा श्रीसको स्वागत र बरेङ गाँउपालिकाका लघुउद्यम बिकास सहजकर्ता सुरेन्द्र बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा १४ जना महिलाहरुको सहभागिता रहेको थियो ।

« नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र बरेङको गाउँपालिका स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न «

» योजना सम्झौता अवधि अगाडिनै कार्य सम्पन्न गरेर भुक्तानि लैजाने समितिलाई बरेङ गाँउपालिको सम्मान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal