दर्ता. न‌: २४५/०६५/०६६

बुद्ध बाल क्लब पुनर्गठन, अध्यक्षमा पुष्पाञ्जली

तमानखोला, बागलुङ । बुद्ध आधारभूत  विद्यालय, तमानखोला गाउँपालिका(१, स्याउलामा क्रियाशील बुद्ध बाल क्लब पुनर्गठन भएको छ ।

पुष्पाञ्जली सिउतानी मगरको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा धन बहादुर बिक, सचिवमा ओमकुमारी राम्जाली ९सपना०, कोषाध्यक्षमा मनमाया रसाइली  र सहसचिवमा श्यामकुमार बिक सर्वसम्मत चयन भएका छन् ।

समितिका सदस्यहरूमा  प्रेमसागर बि क,  ओम प्रसाद सिर्पाली,  खगेन्द्र रसाइली र पुनम रसाइली रहेका छन् । 

क्लबको संरक्षकमा प्रधानाध्यापक नन्द प्रसाद घर्ति मगर र  शिक्षक संयोजकमा कविन्द्र सिउतानी रहेका छन् ।

क्लबले पाक्षिक रूपमा ूबुद्ध आवाजू नामक भित्ते पत्रिका प्रकाशन गर्नुका साथै समयानुकूल तालिम तथा सहकार्यकलापहरुको संयोजन गर्ने गरेको छ ।

नवनियुक्त पदाधिकारीलाई क्लबको संरक्षक एवम्  प्रअ नन्द प्रसाद घर्ति मगरले अबिर लगाइदिएका थिए ।  प्रअ घर्ति मगरका अनुसार बैशाख २६ गते  विश्व रेड्क्रस दिवसको अवसरमा विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन, विद्यार्थी र शिक्षकमा पठन संस्कृति बिकासका लागि रिडिङ्ग क्लब तथा स्काउटको समेत गठन गरि संस्कारयुक्त गुणस्तरीय शिक्षादिने विद्यालयको योजना रहेको छ  ।

« प्रगति युवा कलव बरेङ गाँउपालिका २ दलेङको २४ औ बार्षिकोत्सव समारोह उद्धघाटन «

» नेकपा माओवादी केन्द्र बरेङको बैठक सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal