दर्ता. न‌: २४५/०६५/०६६

जैमिनि नगरपालिकाको पैंयुथन्थापमा अचार बनाउने तालिम सुरु

भुमा मगर ।

२२ फागुन २०८० । गरिबि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा अचार बनाउने तालिम सुरु भएको छ ।

बागलुङको जैमिनि नगरपालिकाको लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत एक हप्ते अचार बनाउने सिप विकास तालिम आजदेखी सुरु भएको हो ।

तालिमको उद्घाटन नगर उपप्रमुख हरिहर शर्माले गर्नुभयो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि नगर उपप्रमुख शर्माले तालिममा सहभागी सम्पुर्णलाई यो सिप विकास तालिमबाट आफु आत्मनिर्भर बन्नुका साथै आफ्नो आयआर्जनको माध्यम बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मेडपा फोकल पर्सन सविता शर्मा,वडा नं. ९ का वडा सचिव दिल बहादुर थापा, वडा नं. ९ का स्वास्थ्य प्रमुख लक्ष्मि बहादुर केसी र वडा नं. ९ का पशु प्राविधिक यमुना थापाको आतिथ्यता रहेको थियो ।

कार्यक्रम वडा नं. ९ का वडाध्यक्ष सन्दिप थापाको अध्यक्षता,मेडपा फोकल पर्सन सरिता शर्माको स्वागत र  जैमिनि नगरपालिकाका लघुउद्यम विकास सहजकर्ता मन बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।nullnull

« ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौरको ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न «

» महिला सिप विकास तथा महिला अधिकार संबन्धि बरेङमा अभिमुखीकरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal