दर्ता. न‌: २४५/०६५/०६६

हाम्रो बारेमा

बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा विविध सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय वागलुङमा बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड को दर्ता भएको हो । “एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ आफना गतिबिधिहरु सचालनमा आईरहेको छ।  लक्षित सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने, सहकारीका मूल्य र सिद्धान्तहरुको आत्मसाथ गर्दै सामाजिक सेवामूलक गतिविधिलाई अगाडि बढाउन स्थापित यस सहकारीले विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै, स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्ने उध्देश्य लिएके छ । संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरीत गर्ने र शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्धेश्यले सस्थाको स्थापना गरिएको हो ।

सहकारी सिद्धान्त एवं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्धान्तहरु पालना गर्दै आफ्ना शेयर सदस्यहरुबीच बचत संकलन गर्ने, बचतमा निश्चीत व्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ । "बचत नै विकासको पहिलो पाइला" हो भन्ने मान्यतालाइ आत्मसाथ गर्दै यो संस्था सञ्चालित भएको छ ।

परिकल्पना (VISION)

" एकका लागि सवै र सवैका लागि एक ।" ध्येय (MISSION)

आर्थिक सक्षमता, सहकारी सिद्धान्त र यसको व्यवहारीक प्रयोगबाट दिगो विकास, आर्थिक भेदभावरहित सामाजीक न्यायको संस्थागत विकास । स्थानीय आन्तरीक स्रोत र साधनको अधिकतम् प्रयोग तथा व्यवस्थीत परिचालन सहित भौतिक एवं मानवीय अत्यावश्यक पूर्वाधारहरुको विकास गरी सामाजिक, आर्थिक न्याय एवं एकतामा जोड ।

लक्ष्य (
GOALS)

गरीवी समस्या होइन, अवस्था हो । सहकारीको भावना र मर्मलाइ आत्मसाथ गर्दै पूजी निर्माण र त्यसको परिचालन एवं रोजगारीमा निम्न आय स्तर भएकाहरुको पहुंच पुर्‍याउने र गरीवीको यो विकराल अवस्थालाई न्युनिकरण गर्दै निवारण गर्नमा व्यवस्थीत रुपमा सहयोग पुर्‍याउनु यो संस्थाको प्रमुख लक्ष्य रहेको छ ।

उद्धेश्य (OBECTIVES)

मुख्यतयाः वैक तथा वित्तिय संस्थाहरुसम्म पहुच नहुने तर आर्थिक अवस्था सुधारमा प्रयास गरीरहने समुदायको बिच स-साना बचत रकमलाइ संकलन गरी सामुहिक पुजीको स्थापना गरी सदस्यहरुको आर्थिक र सामाजीक अवस्थामा सुधार गर्दै समाजमा आर्थिक विभेदको अन्त्य र सामाजीक न्यायको स्थापना गर्नु यस संस्थाको मुख्य उद्धेश्य रहेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal