सहकारी बिशेष
बागलुङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पैञ्युथन्थाप, राङखानी, धुल्लुबास्कोट, छिस्ती र जैदी गाउँ विकास समितिका अगुवा महिलाहरुको सक्रियतामा २५ जना महिला सदस्यहरु जम्मा भई यस क्षेत्रमा विभिन्न सेवामूलक कार्यहरु संचलान गर्दै पवित्र उद्देश्य साथ विहानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नाम राखी जसको कार्यालय पैयुथन्थाप २ मा रहने गरी डिभिजन सहकारी कार्यालय बागलुङको दर्ता नं २४५ ०६५।०४।१९ गते दर्ता भएको यस संस्थाले शुरुका दिनहरुमा अपेक्षाकृत रुपमा गति दिन केही अप्ठ्यारो परेको महशुस गरी मिति २०६७।११।१० गतेका दिन सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको थियो । महिलाहरुको एकल प्रायसले मात्रै भन्दा पनि महिला पुरुष दुवै मिलि यस संस्थालाई थप गति दिइ सदस्यहरुलाई सेवा दिनुपर्छ भन्ने सोच तत्कालिन संचालक समितिका सदस्यहरुलाई लागेपछि सोही दिन विधानमा संशोधन गरेर संस्थाको नाम विहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठेगाना वा कार्यालय धुल्लुबास्कोट ५ बरेङमा रहने गरी उद्देश्यहरु थप गर्दै सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन पश्चात यस संस्थाले यस क्षेत्रका सदस्यहरुको आवश्यकता बमोजिमका विभिन्न व्यावसायिक गतिविधिहरु संचालन गरिरहेको छ ।
मासिक बचत तथा ऋणको मात्र कारोवार गर्ने अवस्थाबाट माथि उठ्दै ग्रामिण क्षेत्रमा विभिन्न वित्तिय सेवाहरुका साथै शिक्षामूलक कारोवारका रुपमा नियमित कम्प्युटर कक्षा संचालन गरी विभिन्न कोषहरु पढाई घरदेखि निकै टाढा गई पढ्दा हुने खर्चलाई न्यूनिकरणमा सहयोग पुगेको छ । रकम विश्लेषण सेवा नहुदा सदस्यहरुलाई उक्त सेवा लिन सदरमुकाम धाउनुपर्ने समस्यालाई ध्यान दिदै रकम विश्लेषण सेवा उपलब्ध गराइरहेकाले आइ.एम.इ रेमिट, प्रभु रेमिट, रिलायबल रेमिट, सिटि एक्सप्रेस, हिमाल रेमिट, इ.जि लिंक, जे.एम.ई. रेमिट, वेष्ट रेमिट, सेवा रेमिट, वेष्टन युनियन हुलास, सम्सरा रेमिट जस्ता विभिन्न रेमिट्यान्स कम्पनिहरुबाट विश्वको जुनसुकै ठाँउबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्न र देशका जुनसुकै ठाउँमा पठाउने कार्य गरिरहेको छ ।
यस क्षेत्रमा रहेको स्वास्थ्य सेवाको समस्यालाई मध्यनजर गर्दै संस्थाले एम्बुलेन्स सेवा संचालन गरिरहेको छ । फार्मेसी सेवा, ल्याप सेवा, आकस्मीक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, निःशुल्क ओ.पि.डि सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, इ.सि.जि.सेवा सहित बिहानी पोलिक्लिनिक संचालन गरिरहेको छ । सदस्यहरुमा रहेकै सूचना तथा सञ्चार क्षेत्रको रिक्ततालाई परिपूर्ति गरी उक्त सेवा मार्फत सदस्यहरुलाई सूसज्जित पार्दै यस क्षेत्रमा रहेका कला, संस्कृति तथा नया प्रतिभाहरुको खोजी गर्दै आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, भौगोलिक, पर्यटकिय विकासमा योगदान पु¥याउनको लागि सामुदायिक रेडियो विहानी ८९ मेघाहर्ज संचालन गरिरहेको छ । सदस्यहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरुलाई उचित मूल्यमा खरिद गरी त्यसको बजारीकरण र आवश्यक बस्तुहरु शुलभ दरमा सदस्यहरुलाई उपलब्ध गराउन कृषि संकलन केन्द्र संचालनमा ल्याइएको छ ।