दर्ता. न‌: २४५/०६५/०६६

Bihani Multi Purpose Co-operative

हाम्रो बारेमा

बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा विविध सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय वागलुङमा बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड को दर्ता भएको हो । “एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ आफना गतिबिधिहरु सचालनमा आईरहेको छ।

सहकारी बिशेष

बागलुङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पैञ्युथन्थाप, राङखानी, धुल्लुबास्कोट, छिस्ती र जैदी गाउँ विकास समितिका अगुवा महिलाहरुको सक्रियतामा २५ जना महिला सदस्यहरु जम्मा भई यस क्षेत्रमा विभिन्न सेवामूलक कार्यहरु संचलान गर्दै पवित्र उद्देश्य साथ विहानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नाम राखी जसको कार्यालय पैयुथन्थाप २ मा रहने गरी डिभिजन सहकारी कार्यालय बागलुङको दर्ता नं २४५ ०६५।०४।१९ गते दर्ता भएको यस संस्थाले शुरुका दिनहरुमा अपेक्षाकृत रुपमा गति दिन केही अप्ठ्यारो परेको महशुस गरी मिति २०६७।११।१० गतेका दिन सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको थियो ।

चौथो अधिवेशनबाट सर्बसम्म​त निर्वाचित समिती

बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि.बरेङ, बागलुङको २०७४ आश्विन ७ गते सम्पन्न नव“ौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्बसम्मत निर्वाचित समिति, उप–समितिका पदाधिकारी एवं सदस्यहरुको विवरण ।

शेयर सदस्यहरु

संस्था स्थापनामा २५ जना सदस्य रहेको र गत छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्ममा ५४२ जनाबाट वृद्धि गरी महिला ३६० पुरुष ४४८ जसमा दलित ८४, जनजाति ३९६ र अन्य ३२८ गरी ८०८ पुर्याइएको छ । सहकारी सिद्धान्तका आधारमा यसका मूल्य,मान्यता र भावनालाई आत्मसाथ गर्दै "जति धेरै सक्रिय र इमान्दार सदस्य त्यति नै संस्थाको उज्ज्वल भविष्य" भन्ने नारालाई शिरोपर गरी सदस्यहरुमा वृद्धि र गुणात्मक विकासमा निरन्तरता दिइनेछ । 

कर्मचारीहरु

बिहनी बहुद्धेश्यीय सहकारी संस्था ली. का कर्मचारिहरु

Contact Us

बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लि.

बरेङ गाऊँपालिका वडा नं. १ बिहानी टोल, बागलुङ नेपाल ।

सम्पर्कः ९७५६७०१३४०, ९८५७६२४५५१
ईमेलः sahakari@bihanico.org.np, radio@bihanico.org.np

bihani.co@gmail.com, bihani.radio@gmail.com

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal