दर्ता. न‌: २४५/०६५/०६६

हाम्रा सेवाहरु

Deposite

  • Fixed Deposit
  • Recurring Deposit
  • Regular Saving

सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज

बागलुङ जिल्लाको दक्षिण क्षेत्र र गुल्मी जिल्लाको उत्तरी क्षेत्रको एक संगम स्थलको रुपमा परिचित यस बरेङ बजारमा अवस्थित बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. बरेङ बागलुङले यस भेगमा रहेको सुचना तथा सञ्चार क्षेत्रको रिक्ततालाई परिपुर्ति गर्न पश्चिमाञ्चलका थुप्रै जिल्लाहरु समेट्ने गरि रेडियो सञ्चालनको आवश्यकता महसुस गर्दै उक्त अभाव परिपुर्ति गर्नका लागि सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज सञ्चालनमा ल्याएको छ ।

बिहानी स्वास्थ्य सेवा पोलिक्लिनिक

बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड धुल्लुबाँस्कोट–५, बरेङ बागलुङले आफ्ना शेयर सदस्य, शेयर सदस्यको परिवार तथा अन्य सर्वसाधारण जनताहरुलाई बिभिन्न शुलभ तथा स्तरिय सेवा प्रदान गर्ने लक्ष्य एवं उद्धेश्य अनुरुप संस्थाको बिधान/बिनियमको दफा २ उपदफा ख मा उल्लेखत भए अनुसार “बिहानी स्वास्थ्य सेवा पोलिक्लिनिक” स्थापना गरि सेवा प्रदान गर्दै आईरहेको छ । यस पोलीक्लिनीकको स्थापनाले राज्यको तर्फबाट स्वास्थ्य सेवा दिन नसकेको बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा जनताले आफ्नो घरदैलोमा नै तत्काल आवश्यक पर्ने स्वास्थ्य सुविधा प्राप्त गरिरहेका छन्।

एम्बुलेन्स सेवा

दुर्गम क्षेत्रका मानिसहरु उपचार अभावमा मृत्युको मुखमा पुग्न नपरोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा सचालनमा ल्याएको छ ।

कम्प्युटर कक्षा

एक्काईसौँ शताब्दीको सुचना र कम्प्युटर प्रविधिको युगसंगै यस ग्रामिण क्षेत्रका सदस्य र उहाँहरुको परिवारका सदस्यहरुको ज्ञान, सीप र क्षमतालाई अभिबृद्धि गर्ने उद्देश्यलाई मध्यनजर गरी तपाईहरुकै घर दैलोमा यस विहानी बहुउद्देश्यीय सहकारी संस्था लि. बरेङ बागलुङले सुपथ मूल्यमा दक्ष प्राविधिक द्धारा गुणस्तरीय कम्प्युटर कक्षा संचालन गरिरहेको छ ।

रेमिट्यान्स सेवा

देश बाहिर र देशभित्रै पनि सजिलैसँग रकम पठाउन रेमिट्यान्स सेवा दिदै आइरहेका छौ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal