दर्ता. न‌: २४५/०६५/०६६

सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज बरेङ, बागलुङ संचालन नियमावली– २०७१

बिहानी वहुउद्देश्यीय सहकारी संस्था लि.द्धारा संचालित
सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज बरेङ, बागलुङ संचालन नियमावली– २०७१

प्रस्तावना

“एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता नंः २४५÷०६५÷०६६ मा दर्ता भएको बिहानी बहुउद्देश्यीय सहकारी संस्था लि. ले सामुदायिक रेडियो बिहानी को स्थापना गरी संचालन गर्न आफ्नो स्वीकृत विनियमको उद्देश्य  बमोजिम दर्ता कार्य सम्पन्न गरी ८९ मेघाहर्ज फ्रिक्विन्सी प्राप्त गरिसकेको छ । २१औं शताब्दीमा जनताको सूचनाको हकलाई जनताकै पहुँचसम्म पु¥याउने लक्ष्य अनुरुप समाजमा रहेका हरेक तथ्य र सत्य सूचनालाई बिना अवरोध जनताकै पक्षमा प्रवाह गर्नका लागि रेडियो संचालन गर्ने सोचका साथ सामुदायिक रेडियो बिहानी  व्यवस्थित रुपमा संचालन गर्न नितान्त एक संस्थाले मात्र भन्दा, बढी भन्दा बढी क्षेत्र, व्यक्ति, अरु विभिन्न संघ संस्था, समाजसेवी, बुद्धिजिवी, राजनितिक दलका व्यक्तित्वहरु समेत समावेश भई रेडियो संचालन गर्दा बढी प्रभावकारी र वास्तवमा समुदायको रेडियो हुने हँदा उक्त संस्थाले दर्ता गरेको सामुदायिक रेडियो व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न एक छुट्टै संचालक समिति निर्माण गरी विभिन्न संघ संस्था र सर्वसाधारण जनताहरुबाट शेयर संकलन गरी व्यवसायिक तवरबाट अगाडि बढ्न देहाय बमोजिम सामुदायिक रेडियो बिहानी एफ.एम. ८९. मेगाहर्ज संचालन  नियमावली– २०७१ को तर्जुमा गरिएको छ । 

परिच्छेद–१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ ः–

क) यस नियमावलीको नामः–.सामुदायिक रेडियो बिहानी एफ.एम. ८९. मेगाहर्ज संचालन नियमावली– २०७१  रहनेछ ।
ख) यो सामुदायिक रेडियो  बिहानी एफ.एम. ८९. मेगाहर्ज संचालन नियमावली– २०७१ मङ्सिर २७ गते सम्पन्न हुने प्रथम भेलाले  स्वीकृत गरेपछि लागू हुनेछ तर अनुमोदनका लागि वार्षिक साधारण सभामा प्रस्तुत गरिने  छ । साधारण सभाले स्वीकृत नगरेमा स्वतः खारेज हुनेछ।

२. परिभाषा ः–

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा, यस सामुदायिक रेडियो बिहानी एफ.एम. ८९. मेगाहर्ज संचालन नियमावलीमा ः–
क) “सदस्यहरु” भन्नाले संस्थाको विनिमय वमोजिम सदस्यता प्राप्त सम्पूर्ण शेयर सदस्यहरुलाई  जनाउँछ ।
ख) “रेडियो संचालक समिति” भन्नाले सामुदायिक रेडियो बिहानी एफ.एम. ८९. मेगाहर्जलाई नियमित र व्यवस्थित रुपले संचालन र व्यवस्थापन गर्नका लागि गठित संचालक समिति भन्ने सम्झनु पर्दछ ।
ग) “स्टेशन कोर्डिनेटर” भन्नाले सामुदायिक रेडियो बिहानी सम्बन्धि सम्पूर्ण काम गर्न गठित सामुदायिक रेडियो बिहानी एफ.एम. ८९. मेगाहर्ज संचालक समितिले तोकेको संचालक भित्रको एक अधिकार प्राप्त व्यक्तिलाई  संझनुपर्दछ ।
घ) “निमावली” भन्नाले सामुदायिक रेडियो बिहानी संचालन तथा प्रसारण नियमावलीलाई सम्झनु पर्दछ ।
ङ) “ब्यवस्थापक” भन्नाले संचालक समितिले नियूक्तगरेको वित्तीय, व्यवस्थापकीय तथा प्रशासकीय काम गर्ने संस्थाको प्रमुख कर्मचारी लाई जनाउदछ ।
च) “तोकिए वा तोकिए बमोजिम” भन्नाले सस्थाको साधारण सभा तथा संचालक समितिको बैठकले समय समयमा निर्णय गरी शेयर धनी सदस्यहरु तथा संस्थाको हित र प्रतिष्ठा बढाउन निर्देशित गरिएका निर्णयहरुलाई सम्झनु पर्दछ।
छ) “रेडियो” भन्नाले  सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जलाई सम्झनुपर्छ ।
ज) “सञ्चालक समिति ” भन्नाले साधारणसभा द्वारा निर्वाचित सामुदायिक रेडियो बिहानी संचालक समितिलाई जनाउदछ ।
झ) “स्टेशन मेनेजर” भन्नाले रेडियोको सम्पूर्ण जिम्मेवारी वहन गर्ने गरी संस्थाले नियूक्त गरेको संस्थाको व्यवस्थापक र रेडियो संचालक समितिको मातहतको कर्मचारीलाई जनाउदछ ।

परिच्छेद–२

कर्मचारी

३)  नियुक्तिः–

       क)  सामुदायिक रेडियो बिहानी एफ.एम, ८९. मेगाहर्ज संचालनका लागि चाहिने आवश्यक स्टाफ तथा      
कर्मचारीका संबन्धमा संख्या तथा योग्यता तर्जुमा गरी रेडियो स्टेशन कोअर्डिनेटरले संचालक 
समिति समक्ष औपचारिक माग गर्नेछ । 
ख) दफा (३) को उपदफा (क) बमोजिम माग भई आएका सामुदायिक रेडियो बिहानी ८९. मेगाहर्जका  
लागि आवश्यक कर्मचारीको नियुक्ति संस्थाको साधारण सभाद्धारा स्वीकृत कर्मचारी प्रशासन 
संबन्धि नियमावली– २०७१ अनुसार  पदपुर्ति उपसमितिले गर्नेछ ।
४)  दफा (३) को उपदफा (ख) बमोजिम नियुक्ति दिएका कर्मचारीहरुको सेवा सुविधा तथा तलब भत्ता  
संचालक समितिले निर्णय गरे बमोजिम हुनेछ ।
५)  सामुदायिक रेडियो बिहानीका लागि नियुक्ति भएको कर्मचारीलाई अन्य परियोजनाहरुमा समेत   
आवश्यकता अनुसार संचालक समितिले  खटाउन सक्नेछ ।
६)  सम्पूर्ण कर्मचारीहरु संचालक समितिको मातहतमा रहने छन् ।
७)  प्रत्येक महिनाको एक पटक स्टाप बैठक बस्नु पर्नेछ उक्त बैठकको अध्यक्षता स्टेशन कोअर्डिनेटरले    
गर्नेछन वा उनको अनुपस्थितिमा स्टेशन मेनेजरले गर्नेछन् ।

                                       परिच्छेद–३

                            रेडियो संचालक समितिको गठन

८)  सामुदायिक रेडियो बिहानी एफ.एम. ८९. मेगाहर्ज लाई नियमित र व्यवस्थित रुपले संचालन र व्यवस्थापन  
गर्नका लागि ९ सदस्यीय रेडियो संचालक समितिको गठन हुनेछ उक्त गठन कार्य गर्दा प्रजातान्त्रिक पद्धति  द्धारा निर्वाचित हुने व्यवस्था हुनेछ । प्रत्येक तिन वर्षमा संचालक समितिको अधिवेशन हुनेछ ।

 

९)  दफा (८) बमोजिम गठित रेडियो संचालक समिति निम्नबमोजिम गठन गरिनेछः–

क्र.स.

विवरण

पद

संख्या

संस्थाले प्रस्ताव गरी अधिवेशनबाट निर्वाचित

अध्यक्ष

१ जना

अधिवेशनबाट निर्वाचित

उपाध्यक्ष

१ जना

अधिवेशनबाट निर्वाचित

सचिव

१ जना

अधिवेशनबाट निर्वाचित

सहसचिव

१ जना

अधिवेशनबाट निर्वाचित

कोषाध्यक्ष

१ जना

अधिवेशनबाट निर्वाचित

सदस्य

२ जना

रेडियोको स्टेशन कोअर्डिनेटर पद्येन

सदस्य

१ जना

संस्थाको संचालक समितिबाट पद्येन

सदस्य

१ जना

                 
१०)  रेडियो संचालक समितिको काम, कर्तव्य र अधिकारः–
क) रेडियो संचालन सम्बन्धि बनेका योजना र कार्यक्रम अनुसार  प्रभावकारी रुपमा कार्य संचालन गर्ने ।
ख) संस्था, समुदाय र सामुदायिक रेडियो बिहानी बीचमा संयोजनकारी भुमिका निर्वाह गर्ने ।
ग) सामुदायिक रेडियो बिहानीको दैनिक काम क्रियाकलाप संचालन गर्ने ।
घ) कर्मचारीहरुको खटनपटन र रेखदेख गर्ने ।
ङ) रेडियोका आवश्यक कुराहरुको लागि संचालक समितिमा सिफरिस, छलफल र आवश्यक निर्णय लिने । 
च) आवश्यक जनशक्ति नियुक्ति, बढुवा, सरुवा, नैसियत तथा कार्वाहीका लागि  सिफारिस गर्ने ।
छ) रेडियोको मासिक प्रगति विवरणको तयार गर्ने ।
११) स्टेशन मेनेजरको काम कर्तव्य र अधिकारः–
क) सामुदायिक रेडियो बिहानीका दैनिक व्यबस्थापन र प्रशासनिक काम गर्ने ।
ख) सामुदायिक रेडियो बिहानीको कार्य सम्पादनका विभिन्न शाखाहरु बीच समन्वय गर्ने ।
ग) मिडिया संग संबन्धित सरोकारवालाहरुसंग सम्बन्ध विस्तार एवं सुदृढ गर्ने ।
घ) स्टेशन भित्रका कार्य विवरणहरु र आवश्यकताको बारेमा रेडियो संचालक समक्ष प्रस्तुत गर्ने ।
ड.) रेडियो संचालक समितिको बैठक अध्यक्षको  निर्देशनमा बोलाउने ।
च) रेडियो स्टेशन र संचालक समितिका बीचको संबन्ध सुमधुर बनाउन प्रयत्न गर्ने ।
छ) जिम्मेवारी प्रति उत्तरदायी भई सम्पूर्ण कार्य संचालन गर्ने गराउने ।

१२)  रेडियो स्टेशन भित्रका बिभिन्न शाखाहरु सम्बन्धमाः–
सामुदायिक रेडियो बिहानी एफ.एम. ८९. मेगाहर्जलाई व्यवस्थित गर्न निम्न अनुसारका शाखाको व्यवस्था गरीने छ ।
क) समाचार शाखाः–  यस शाखामा एक जना समाचार प्रमुख रहने छन भने आवश्यकता अनुसार 
समाचार उत्पादन, वाचन र रिपोर्टहरु तयार गर्नका लागि समाचार सहयोगीहरु रहनेछन । विभिन्न
स्थानबाट समाचार सम्प्रेषण गर्न सामुदायिक सम्वाददाताहरु, सम्वाददाताहरु र समाचारदाताहरु समेत   यस शाखा अन्तर्गत रहने छन ।
ख) प्राबिधिक शाखाः–  यस शाखामा एक जना प्राविधिक प्रमुख रहनेछ भने आवश्यकता अनुसार
अन्य सहयोगी रहनेछन र लाईवे्ररीसमेत यस शाखा अन्तर्गत रहनेछ ।
ग)  कार्यक्रम शाखाः– यस शाखामा एक जना कार्यक्रम प्रमुख रहने छ भने आवश्यकता अनुसार
दैनिक, साप्ताहिक, पाक्षिक र मासिक रुपमा कार्यक्रम उत्पादक र प्रस्तोता रहने छन । विभिन्न
कार्यक्रमहरुको संयोजन र निर्देशन कार्यक्रम प्रमुखले गर्ने छन् ।
घ)  बिज्ञापन शाखाः– यस शाखामा एक जना विज्ञापन प्रमुख रहनेछन भने आवश्यकता अनुसार
अन्य सहयोगी रहनेछन । विज्ञापन शाखाले सुचना, विज्ञापन र सन्देशहरुको समय, मिति, प्रशारण
अवधि, शुल्क आदिको अभिलेख तयार गरी नियमित र व्यवस्थित गर्नेछ ।
१३)  यी सबै शाखाहरु रेडियो स्टेशन मेनेजर र संचालक समिति प्रति जवाफदेही र नियन्त्रणमा रहने छन् ।
१४)  सबै शाखाका प्रमुखहरुको काम, कर्तव्य र अधिकार संचालक समितिले तोके बमोजिम हुनेछ ।

                                    परिच्छेद–४

                              आर्थिक श्रोतहरु

१५)  रेडियोको आर्थिक श्रोत देहाय बमोजिम हुनेछन्ः–
क)  सुचना, बिज्ञापन, प्रायोजित कार्यक्रम, संघ संस्थाका गतिविधि र सरकारी तथा गैरसरकारी कार्यालयका
दैनिक, साप्ताहिक, पाक्षिक, मासिक र बार्षिक चेतनामूलक कार्यक्रमहरु प्रसारण गरे वापत प्राप्त हुने रकमहरु हुनेछन् ।
ख)  नेपाल सरकारको प्रचलित कानून को प्रतिकूल नहुने गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय संचार संस्थाहरु संग 
सहकार्य गरी आर्थिक सहयोग समेत लिन सकिने छ ।
ग)  नेपाल सरकारको निति संग नबाझिने गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संघ 
संस्थााबाट प्राप्त अनुदान ।
घ)  नेपाल सरकारबाट प्राप्त हुने अनुदान तथा पुरस्कार रकम ।                            

                              परिच्छेद–५

                  रेडियो संचालन आचार संहिता

१६) सामुदायिक रेडियो बिहानी एफ.एम. ८९ मेगाहर्ज संचालन गर्दा देहाय बमोजिमको आचार सहिंता पालना गरीनेछ ः–
क) लोकतान्त्रिक मूल्य, मान्यता, विधिको शासन, मानव अधिकार, समता,समावेसिकरण, सामाजिक न्याय र पारदर्शिताको
सिद्धान्तलाई आत्मसाथ गर्दै यी मान्यता र सिद्धान्त अनुरुपको समाज निमार्णका लागि वकालत गरिने छ ।
ख) स्थानीय कला, संस्कृति, साहित्य, लोक संगीत, मौलिकपन, गर्व– गौरवको जगेर्ना, प्रचार–प्रशार र  विकासमा बिषेश
जोड दिदै स्थानीय आवश्यकता र जनभावना अनुरुपका कार्यक्रम र सामाग्रीहरु प्रशारण गरिनेछ ।
ग) सत्य, तथ्यपूर्ण समाचार, सूचना, जानकारी, सन्देश तथा कार्यक्रम मात्र प्रशारण गरिनेछ । सामान्यतः श्रोत खुलाएर
समाचार प्रशारण गरिनेछ, तर आवश्यकता अनुसार श्रोत संरक्षणका लागि श्रोत गोप्य राख्न पनि सकिनेछ ।
घ) अशक्त, असहाय, निमुखा र सामाजिक उत्पीडनमा पारीएकाहरुका पक्षमा आवाज उठाउदै सामाजिक न्यायका लागी
उत्तरदायीपुर्ण कार्यक्रमहरु प्रशारण गरीनेछ ।
ड.) रेडियो स्टेशन निरिपेक्ष र निश्पक्ष रहनेछ र कुनै समूह संगठन र दलको प्रभावबाट पुर्णमुक्त रहि कार्य संचालन गर्ने छ । 
सहकर्मी एफ. एम. रेडियोहरुसंग सुमधुर संबन्ध कायम गरीनेछ र सामुहिक हितकालागि प्रयत्नशिल रहिनेछ ।
च)  राज्य वा समुदायले सार्वजनिक हितकालागी अघिसारेका सामाजिक अभियानमा सक्दो सहयोग गरिने छ । राष्ट्रिय एकता,
हित र  राष्ट्रिय अखण्डता जोगाउन कार्यक्रम उत्पादन र प्रशारण गरिनेछ ।
छ)  कुनै पनि समुदाय वर्ग,धर्म, लिङ्ग तथा भाषा भाषी र क्षेत्रलाई होच्याउने र अपमान गर्ने, कुनै पनि जात–जाती सम्प्रदाय
वर्ग  बीच वैमनस्यता उत्पन्न गर्ने खालका सामाग्री प्रशारण गरिने छैन । मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने सामग्री
प्रशारण गरिने छैन ।
ज) समुदायलाई अहित हुने, कानूनत संचालित राष्ट्रिय उद्योग व्यवसाय एवं उत्पादनलाई नोक्सानी पु¥याउने, आर्थिक,
सामाजिक, नैतिक र सांस्कृतिक क्षेत्रका सकारात्मक पक्ष माथी प्रहारहुने खालका सामग्री प्रशारण गरिने छैन । कुनै
विवादास्पद बिषयमा एक पक्षीय बिचार वा भनाई मात्र राखी समाचार प्रशारण गरिने छैन ।
झ) कसैको गोपनीयता अतिक्रमण हुने गरी सामग्री प्रशारण गरीने छैन ।
ञ) यौनजन्य अपराध वा सामाजिक हिंसाका घटनासंग संबन्धित व्यक्तिको सहमती विना नाम उल्लेख गरिने छैन ।
ट) मानव अधिकार संग संबन्धित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संचार संस्थाका संचार निति संग मेल नखाने 
सामग्री प्रशारण गरिने छैन ।
ठ) नेपाल प्रेश काउन्सील, नेपाल पत्रकार महासंघ र सामुदायीक रेडियो प्रशारक संघ द्धारा तयार पारिएका पत्रकार आचार
संहिता पालना गरिनेछ ।
१७) सामुदायिक रेडियो बिहानी एफ.एम. ८९. मेगाहर्जको समाचार शाखामा कार्यरत कर्मचारीहरुले पालना गर्नु पर्ने  
आचारसहिंताः
१) शाखमा कार्यरत कर्मचारीहरु तोकिएको डिउटी तालिका अनुसार स्टेशनमा हाजिर हुनु पर्ने छ । स्टेशनमा उपस्थित भए नभएको अभिलेख हाजिरी पुस्तीका अनुसार मानिने छ । हाजिरी पुस्तीकामा रहेको हाजिरी अनुसार नै हाजिरी दिन गन्ती हुने छ । प्रशासन शाखामा रहेको हाजिरी पुस्तीकामा हाजिरी नगरेमा संस्था त्यसको जवावदेही हुने छैन ।
२) समाचार बनाउदा समाचारको प्राथमिकता बाग्लुङको दक्षिण भेग र गुल्मीको उत्तरीभेग केन्द्रविन्दु मानि गोल सरकलमा फराकिलो हुदै विस्तार हुने छ । त्यो सामुदायिक रेडियो बिहानीको कभरेज क्षेत्र सम्म क्रमिक रुपमा जाने छ ।  कभरेज क्षेत्र भन्दा वाहिरका खवरहरुलाई राष्ट्रिय खवरमा समेटीने छ । यो नियम साझ ६ः३० को हाल खवर विहान ६ः३० को खवर चौतारी र ९ः०० वजेको हाल खवरमा लागु हुने छ । भने खवर वुलेटीन केन्द्रबाट स्थानियमा झर्ने छ । तर आकस्मिक घ्टना दुर्घटनामा यो नियम लागु हुने छैन ।
३) साझ ६ः३० को हाल खवरमा १ जनाले स्थानिय र १ जनाले राष्ट्रिय गरी २ जनाबाट र विहानको खवर चौतारी १ जनाबाट  वाचन गरिने छ ।
४) साझ ६ः३० को हाल खवर र विहानको खवर चौतारीमा मुख्य खवर पछि विज्ञापन र स्थानिय खवर पछि जनहितकारी सूचना राखिने छ । भने विहान ९ वजेको हाल खवरमा मुख्य खवर पछि विज्ञापन राखिने छ ।
५) न्यूज डेस्कमा विहान ५.३० वजे देखि वेलुका ७ वजे सम्म १ जना अनिवार्यरुपमा उपस्थित भईरहेको हुनुपर्ने छ ।
६) न्यूज डेस्क कोठा र उपकरण स्वयम कार्यरत कर्मचारीले सरसफाई गर्नु पर्ने छ ।
७) विहान ६ः३० को खवर चौतारी पछि प्राप्त भएका पत्रिकाहरु खवर चोतारीमा उपस्थित भएका कर्मचारीहरुले नै व्यवस्थित फाईल बनाई राख्नु पर्ने छ ।
८) न्यूज डेस्कमा रहेका उपकरणहरुको संरक्षण र सुरक्षाको जिम्मेवारी डेस्कमा कार्यरत कर्मचारीहरुको हुने छ ।
९) जिम्मेवार व्यक्तिको अनुमति वेगर अन्य कुनै व्यक्ति समाचार कक्षमा लामो समय सम्म वस्न, कम्प्यूटर तथा फोन, टेलिभिजन प्रयोग गर्न पाईने छैन । यदि त्यसरी दुरुपयोग गरेको पाईएमा सो गराउने कर्मचारी कार्वाहिको भागिदार हुनेछन ।
१०) अग्रिम अनुमति लिएर मात्र विदामा वस्न पाईने छ । स्विकृति विना विदामा वसेमा कर्मचारी प्रसासन नियमावली तथा संस्थाका निति निर्णयको अवज्ञा गरेको मानिने छ ।
११) समाचार संकलन गर्दा आफ्नो श्रोतलाई मुख्य प्राथमिकतामा राखेर प्रयोग गरिने छ । स्थानिय समाचारका लागी सामुदायिक सम्वाददाताहरुको भरपुर सहयोग लिईने छ । प्रत्येक दिन सामुदायिक सम्वाददाताहरुलाई स्टेशनबाट फोन सम्पर्क गर्नु पर्नेछ ा
१२) अन्य मिडियाबाट आएको समाचारको पुनः पुस्टीकरण र पुनःसम्पादन नगरीकन प्रसारण गरीने छैन ।
१३) प्राप्त समाचार सर्वप्रथम आफुले प्रसारण नगर्दै अन्य कुनै पनि मिडया, फेसवुक सन्जाल लगायतमा सम्प्रेशण गरीने छैन ।
१४) समाचार वाचन गर्दा आफ्नो वास्तविक पुरा नाम अनिवार्यरुपमा वाचन गरिने छ ।
१५) सामान्यतया समाचार श्रोतको उल्लेख गरीने छ, आवश्यकता अनुसार गोप्य राख्नु पर्ने भएमा राख्न पनि सकिने छ । श्रोतको उल्लेख गर्दा सामुदायिक सम्वाददाताहरुलाई हाम्रा सामुदयिक सम्वाददाता, जिल्ला प्रतिनिधिहरुलाई हाम्रा .......प्रतिनिधि, स्टेशनमा कार्यरत कार्यक्रम प्रस्तोता र कर्मचारी भएमा हाम्रा सहकर्मी, अन्य मिडियामा कर्मरत वा व्यवसायिक पत्रकार भएमा पत्रकार र अन्य सर्वसाधारण सहयोगी भएमा हाम्रा सहयोगी भनी उल्लेख गरीने छ ।
१६) सहकारी संघ, संस्थाहरुका कार्यक्रम वा गतिविधिलाई प्रमुख प्राथमिकताको सूचिमा राखिने छ । त्यसै गरी राष्ट्रियता, समुदायको जनजिवनसंग प्रत्यक्ष सरोकार राख्ने, सार्वभौमिक अखण्डताका पक्षमा सञ्चालित कार्यक्रमहरु घट्ना दुर्घटना, दैविप्रकोप, सामुदायिक जागरण,सामुदायिक गतिविधि, उत्पिडितका आवाज, सभा, जुलुस, संघ संस्थाहरुका औपचारिक कार्यक्रम र राजनैतिक दलका सांगठानिक गतिविधि क्रमश पा्रथमिकताका सूचिमा रहने छन् ।
१७) राजनितिक दल छोडेको वा प्रवेश गरेकोे समाचार प्रसारण गरीने छैन तर प्रेश वक्तव्य भएमा सो प्रसारण गरीने छ ।
१८) समाचार वाचन गर्दा सम्पूर्ण समाचारमा नाम आउने व्यक्तिहरुलाई तपाई र सम्वाददाता, प्रतिनिधि, सहकर्मी, र सहयोगीलाई तिमी भनि सम्वोधन गरीने छ । 
१९) देशको राष्ट्रियता, सार्वभौमिक अखण्डता, लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सहकारी आन्दोलन, पत्रकारीता, सामुदायिक भावना माथि प्रत्यक्षरुपमा आंच पुग्ने सामग्री प्रसारण गरीने छैन ।
२०) पिडितपक्षलाई झनै पिडा थपिने, सामाजिक, धार्मिक तथा जातिय सद्भावमा बाधापुग्ने, आत्महत्या गरेको, द्धन्द भड्काउने खालका सामगं्री प्रसारण गरीने छैन ।
२१) तथ्यपूर्ण र वस्तुनिष्ठ समाचार संकलन र प्रसारणमा जोड दिईने छ ।
२२) समाचार सम्पादन पुरा भए पछि  समाचार वाचन गर्न जाने व्यत्तिले डेस्कमा ठुलो आवाजमा वाचन अनिवार्य रुपमा गर्नु पर्नेछ ।
२३) स्टुडियोमा समाचारको समय भन्दा ५ मि. अगाडी नै जानु अनिवार्य हुनेछ ।
२४) समाचार वाचन भए पछि स्टुडियोको कम्प्यूटर बन्द गर्नु अनिवार्य हुनेछ ।
२५) प्रत्येक दिन फरक फरक विषयमा रेडियो रिपोर्ट समावेश गर्नु अनिवार्य हुनेछ ।
२६) विहान ६ः३० को खवर चौतारीमा समसामयिक विषयमा अतिथि संगको अन्र्तवार्ता समावेश गर्न सकिने छ ।
२७) समाचार कक्षमा कार्यरत कर्मचारीहरुले महिनामा ५ वटा रेडियो रिपोर्ट र ५ वटा समाचारमुलक रेडियो कार्यक्रम प्रसारण गर्नु अनिवार्य हुनेछ ।
२८) डर, त्रास, प्रलोभन, लोभ,लालच वा व्यक्तिगत फाईदाका कारण सत्य तत्थ्य समाचारलाई लुकाउन वा छिपाउन पाईने छैन ।
२९) समाचार शाखामा समाचार सम्पादक, सह–सम्पादक वा डेस्क चिफ को व्यवस्था गरीने छ । सो तोकिएको व्यक्तिको नेतृत्व, निर्देशन र खटनपटनमा कार्यरत कर्मचारीहरु सञ्चालित हुने छन् । डेस्क रिपोर्टर–डेस्क चिफ प्रति र डेस्क चिफ स्टेशन मेनेजर प्रति जवाफदेहि हुनुपर्नेछ । नेतृत्व र निर्देशनको अपहेलना गर्न पाईने छैन ।
३०) विवादित तथा जोखिमपुर्ण समाचार र रेडियो रिपोर्टको भाषा स्टेशन मेनेजर वा संचालक समितिले रेडियो स्टेशनका लागि तोकेको व्यक्तिबाट स्विकृत गराएर मात्र प्रसारण गरिने छ ।
३१) समाचारमा समावेश गरिएको एसेमेसको प्रश्न तयार गर्दा समाचार शाखामा उपलब्ध स्टापहरुका बिचमा छलफल र आवश्यकता अनुसार जिम्मेवार व्यक्तिको परामर्शमा तयार गरिने छ । उत्तरको अप्सन राख्दा पक्ष, विपक्ष र तथस्टहुने गरी राखिने छ भने देशको राष्ट्रियता, अखण्डता, लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, जातिय सद्भाव, सहकारीता जस्ता कुरामा आंच पुग्ने गरी जनमतको प्रश्न बनाईने छैन ।
३२) संस्था, संस्थाको सञ्चालक समिति, कार्यरत कर्मचारी, संस्था द्धारा सञ्चालित परियोजनमा आंच पुग्ने गरी समाचार प्रसारण गरिने छैन ।
३३) संस्थाको गोपनियता, रणनितिक योजना, नितिगत पक्ष, व्यवस्थापकिय पक्ष, ईमेल, ईन्टरनेटको पासवर्ड जस्ता कुराको उच्च गोपनियता राख्नु पर्ने छ । संंस्थाको गोपनियता उलंघन गरेमा वा संस्थाका प्रतिस्पर्धि संस्थाका लागि काम गरेको पाईएमा कडा कार्वाहिको भागिदार हुनुपर्नेछ ।
३४) चित्त नबुझेको विषयमा प्रक्रियागत रुपमा लिखित वा मौखिक उजुरी गर्न वा फरक मत राख्न पाईने छ , त्यसमा छलफल चलाउन पाईने छ तर संचालक समितिबाट भएका निर्णय र निर्देशन, स्टेशनको प्रमुख व्यक्तिबाट भएको निर्देशन र स्टाप बैठकहरुमा भएका निर्णयहरुको निसर्त पालना गर्नु कार्यरत कर्मचारीहरुको न्यूनतम अनुशासन तथा जिम्मेवारी रहने छ ।
३५) गलत तथ्य प्रसारण भएमा समाचार प्रमुख जवाफदेहि हुनु पर्नेछ । भुल तथा भ्रमवस गलत तथ्य प्रसार भएको जानकारी पाएमा तत्काल सच्चाउनु वा भुल सुधार गर्नु पर्नेछ ।
३६) सञ्चालक समितिले समय समयमा गरेका निणर्यहरु कार्यान्वयन गर्नु अनिवार्य हुने छ ।  
३७) अन्य आवश्यक आचारसंहिता समयानुकुल संचालक समितिले तयार र लागू गरी साधारण सभाबाट पारित गराउने छ ।  

                                     परिच्छेद–६                           

विविध

१८)  सामुदायिक रेडियो बिहानी एफ.एम ८९. मेगाहर्ज संचालन नियमावली संशोधन वा थपघट गर्ने अधिकार
संचालक समितिमा रहने छ । संशोधन तथा थपघट गरिएका बिषयलाई साधारण सभाबाट अनुमोदन गराउनु अनिवार्य हुनेछ ।
१९)  यो नियमावली कुनै नियम वा विनियमसंग बाझिएको हदसम्ममा स्वतः खारेज हुनेछ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal