रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
राहतको सट्टा रोजगारी सृजना गर्दै कालिगण्डकी गाउँपालिका ।
१७ जेष्ठ २०७७, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले राहतको सट्टा रोजगारीको सृजना गरेको छ । कोरोना संक्रमण प्रभावका कारण जोखिममा परेकाहरुका लागि राहत बितरणको साटो काम गर्ने अबसर दिईएको हो ।
बरेङमा दादुरा रुबेला खोप अभियान शुरु ।
१५ जेष्ठ २०७७, बरेङ । बरेङ गाउपालिकामा बिहीबार देखि दादुरा रुबेला खोप अभियान सुरु भएको छ । लकडाउनको समयमा सामाजिक दुरी कायम गर्दै बरेङ गाँउपालिका भित्रका ९ महिना देखि ५ बर्ष सम्मका २ सय ४७ बालबालिकाहरुले बिहिवार दादुरा रुबेलाको खोप लिएका छन् ।
सीमामा अलपत्र ५० जना आज बरेङ भित्रिदै, गाडीभाडा सहित पालिकाद्धारा उद्दार
१५ जेठ २०७७, बरेङ । कोभिड १९ का कारण भारतमा रोजगारीबाट वञ्चित भै बागलुङको बरेङ गाउँपालिकामा आज करिब ५० जना नागरिक भित्रिदै छन् ।
यस्ता छन् लकडाउन भएयता बरेङ गापाले गरेका कार्य प्रगति ।
१४ जेष्ठ २०७७, बरेङ । बागलुङको बरेङ गाँउपालिकाले २०७६ चैत्र ११ गतेबाट देश लकडाउनको घोषणा भएसँगै हाल सम्म कोरोना संक्रमण रोकथाम, न्युनिकरण तथा व्यवस्थापनमा गरेका प्रयास तथा कार्यप्रगति प्रेस बिज्ञप्ति मार्फत सार्बजनिक गरेको छ ।
भारतबाट उद्धार गरिएकाहरु बरेङ क्वारेन्टाईनमा ः भ्रमपुर्ण टिकाटिप्पणी प्रति खेद
केशबराज क्षेत्री, बरेङ । १४ जेष्ठ २०७७ । बागलुङको बरेङ गाउँपालिकाले भारतबाट आएर सीमामा अलपत्र परेर बसेका ३० जना युवालाई उद्दार गरेको छ ।






